1

आहा रारा फुटबल प्रतियोगिता माघ ९ गतेदेखि हुने

429 पटक पढिएको

पोखरा, १७ मंसिर । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएकोछ ।
सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एकरएक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता हुने भएको हो ।
पोखरा लेखनाथ उपमहानगरपालिका–१७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित यो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी तीस लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिए ।
मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्र्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको यो फुटबल प्रतियोगता सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्रिय खेलकूद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकूद विकास समिति, कास्की जिल्ला फुटवल संघ, सहारा युके, हङकङ, अष्टे«लियाको सहयोग रहने कार्यक्रममा जानकारी दिइयो । रासस

तपाईको प्रतिक्रिया

  काठमाडौं-सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७÷७८) को बजेट परम्परागत रहेको तथा.. ...

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...