२०८१ वैशाख १२ गते | 24th of April 2024

नारायणगोपाल अर्थात नेपाली आधुनिक सङीतका एक युग

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते १९:३७

– लक्ष्मण सिटौला 

२०४७ साल मङ्सिर १९ गते नेपाली सङीतको एउटा युगको अन्त भएको अनुभुती गरे नेपाली सङीतका स्रोताहरुले । तर नारायणगोपालले छोडेर जानुभएको सङीतको सगरमाथा भने कहिले पनि झुकेन कहिले पनि चुकेन र कहिले पनि लत्रीएन। युग अनुसार गीतमा सङीतमा र गायनमा परिवर्तन आउछन र आउनु पनि पर्छ ।
पहिले पहिले गीत सुन्ने बिधा अन्तर्गत पर्थ्यो तर अहिले गीत श्रब्य बाट दृश्यमा परिवर्तन भएको छ। गीत अहिले सुनिदैन हेरिन्छ । गीत रेकर्डिङ मात्रै गरेर धर छैन म्युजिक भिडियो अनिवार्य बनाउनुपर्छ । अब गाएक जो पनि बन्न सक्छ स्वर राम्रो चाहिन्न सुर पनि चाहिन्न। बेसुरा गाइदिनुहोस कम्प्युटरले सुर मिलाइदिन्छ ।प्रबिधिले प्रतिभाको गला रेटिरहेको छ ।पहिले गीत हिर्दयले गाउथ्यो कानले सुन्थ्यो छातीले अनुभुति गर्थो तर अहिले गीत प्रबिधिले गाउछ आखाले हेर्छ कानको काम छैन । गीतमा मोडेलको कम्मर हल्लाइ र नाङ्गो दृश्यले काम गर्छ। अहिले प्रायः यस्तै गीतका बोलवाला चलिरहेको छ।
नारायणगोपालको युगमा गीतले मान्छे बाचेको युगको प्रतिनिधित्व गर्थ्यो । पहिलाको गीतमा आसुको कथा हुन्थ्यो अहिलेको गीतमा यौवन र यौनको रोमाञ्चकता छ । सायद यो पनि युगको माग नै होला भनेर भन्नुपर्ने बाद्द्यता छ ।

यो लेखमा मैले नारायणगोपालको गीति बिशेषताको बारेमा भन्न गइरहेको छु।

१. गीत छनोट ,/ शब्द चयन क्षमता
२. स्वर माधुमाधुर्यता / कर्णप्रियता
३.बाद्ध्य सम्योजन / एरेन्जमेन्ट
४.स्वराभ्यास
५.मेलोडि / स्वरमा कोमलता
६.अनुशासन

यी सबै गुणले वा विशेषज्ञताका हिमाल थिए नारायणगोपाल ।
त्यो युगले जन्माएका एक बहुप्रतिभा सप्पन्न ब्यक्ती थिए नारायणगोपाल ।शब्दमा कति ताकत हुन्छ त्यही ताकतलाइ त्यही कथाको मर्मलाइ गाएकले पछ्याउनु हो कलाकारको धर्म।तर हिजोआज स्वर पैसामा बिकेको छ । कलाकारहरु पैसा गाउँछन गीत गाउँदैनन । अहिले कलाकारलाई रास्ट्रको गहना भन्न पनि लाज लाग्छ किनकि कलाकारमा अनुशासनको गरिबी छ । कलाकारमा अनुशासन भएन भने त्यो जति दुर्भाग्य केही पनि हुदैन। अनुशासन सबैको जीवनमा चाहिन्छ तर कलाकारमा झनै चाहिन्छ ।

भगवानले स्वर दियो भन्दैमा आफै देउता र भगवती बन्न खोज्ने परम्परामा खास गरेर नारायणगोपालको युग पछि भित्रीयो ।पहिलो शर्त देश दोस्रो सर्त कलाकारिताको धर्म र बल्ल तेस्रो शर्त हो कलाकारको पारिश्रमिक त्यो युगमा । तर अहिले पहिलो शर्त पैसा दोस्रो सर्त भिडियो र तेस्रो शर्त प्रचारप्रसार । यहाँ गायक गायिकाले आफ्नो धर्म निर्वाहा गर्दैनन ।

पैसा लियो गायो । स्वराभ्यास पनि हुदैन । केवल रेकर्डिङ हलमा गएर म्युजिक ट्रयाक सुनेका भरमा एक घन्टामा गाइन्छ हिजोआज गीत । अहिलेका श्रोतामै साङीतिक सुझबुझ छैन ।अहिले नामचलेको एउटा गाएक/ गायिकाले दिनको ४ वटासम्म गीत गाइदिन्छन।उहाँहरुको कमाइको कुरा नगरु।

नारायणगोपालमा पैसा प्रवृत्ति थिएन र त्यही कारणले होला उहाँलाई युगले स्वर सम्राट बनायो । गीत गीत जस्तो छैन आजकल।गीत हेरिन्छ। गीत सुनिदैन।गीतलाइ मिडियामा पैसा पेलेपछी हिट हुन्छ । गीत मीठो र कर्णप्रीय गाउनुपर्दैन। नेपाली आधुनिक सङीतका मोजार्त हुन नारायणगोपाल , नेपाली स्वर सन्सारका बिथोमिन हुन नारायणगोपाल , नेपाली कलासस्कृतिका कालिदास हुन नारायणगोपाल। उनैले देखाएको बाटोमा हिड्न सकियो भने मात्रै पनि उहाँ प्रती गरिएको साचो श्रद्धाञ्जली हुनेछ । आजको दिनमा नेपाली सगीतका एक युगीन ब्याक्तित्व नारायणगोपाल लाई सम्झिएर हामी एक युगलाइ बिस्मृतिमा राखेर अगाडि बढुं ।२०४७ साल मङ्सिर १९ गते नेपाली सङीतको एउटा युगको अन्त भएको अनुभुती गरे नेपाली सङीतका स्रोताहरुले । तर नारायणगोपालले छोडेर जानुभएको सङीतको सगरमाथा भने कहिले पनि झुकेन कहिले पनि चुकेन र कहिले पनि लत्रीएन। युग अनुसार गीतमा सङीतमा र गायनमा परिवर्तन आउछन र आउनु पनि पर्छ ।
पहिले पहिले गीत सुन्ने बिधा अन्तर्गत पर्थ्यो तर अहिले गीत श्रब्य बाट दृश्यमा परिवर्तन भएको छ। गीत अहिले सुनिदैन हेरिन्छ । गीत रेकर्डिङ मात्रै गरेर धर छैन म्युजिक भिडियो अनिवार्य बनाउनुपर्छ । अब गाएक जो पनि बन्न सक्छ स्वर राम्रो चाहिन्न सुर पनि चाहिन्न। बेसुरा गाइदिनुहोस कम्प्युटरले सुर मिलाइदिन्छ ।प्रबिधिले प्रतिभाको गला रेटिरहेको छ ।पहिले गीत हिर्दयले गाउथ्यो कानले सुन्थ्यो छातीले अनुभुति गर्थो तर अहिले गीत प्रबिधिले गाउछ आखाले हेर्छ कानको काम छैन । गीतमा मोडेलको कम्मर हल्लाइ र नाङ्गो दृश्यले काम गर्छ। अहिले प्रायः यस्तै गीतका बोलवाला चलिरहेको छ।
नारायणगोपालको युगमा गीतले मान्छे बाचेको युगको प्रतिनिधित्व गर्थ्यो । पहिलाको गीतमा आसुको कथा हुन्थ्यो अहिलेको गीतमा यौवन र यौनको रोमाञ्चकता छ । सायद यो पनि युगको माग नै होला भनेर भन्नुपर्ने बाद्द्यता छ ।

यो लेखमा मैले नारायणगोपालको गीति बिशेषताको बारेमा भन्न गइरहेको छु।

१. गीत छनोट ,/ शब्द चयन क्षमता
२. स्वर माधुमाधुर्यता / कर्णप्रियता
३.बाद्ध्य सम्योजन / एरेन्जमेन्ट
४.स्वराभ्यास
५.मेलोडि / स्वरमा कोमलता
६.अनुशासन

यी सबै गुणले वा विशेषज्ञताका हिमाल थिए नारायणगोपाल ।
त्यो युगले जन्माएका एक बहुप्रतिभा सप्पन्न ब्यक्ती थिए नारायणगोपाल ।शब्दमा कति ताकत हुन्छ त्यही ताकतलाइ त्यही कथाको मर्मलाइ गाएकले पछ्याउनु हो कलाकारको धर्म।तर हिजोआज स्वर पैसामा बिकेको छ । कलाकारहरु पैसा गाउँछन गीत गाउँदैनन । अहिले कलाकारलाई रास्ट्रको गहना भन्न पनि लाज लाग्छ किनकि कलाकारमा अनुशासनको गरिबी छ । कलाकारमा अनुशासन भएन भने त्यो जति दुर्भाग्य केही पनि हुदैन। अनुशासन सबैको जीवनमा चाहिन्छ तर कलाकारमा झनै चाहिन्छ ।

भगवानले स्वर दियो भन्दैमा आफै देउता र भगवती बन्न खोज्ने परम्परामा खास गरेर नारायणगोपालको युग पछि भित्रीयो ।पहिलो शर्त देश दोस्रो सर्त कलाकारिताको धर्म र बल्ल तेस्रो शर्त हो कलाकारको पारिश्रमिक त्यो युगमा । तर अहिले पहिलो शर्त पैसा दोस्रो सर्त भिडियो र तेस्रो शर्त प्रचारप्रसार । यहाँ गायक गायिकाले आफ्नो धर्म निर्वाहा गर्दैनन ।

पैसा लियो गायो । स्वराभ्यास पनि हुदैन । केवल रेकर्डिङ हलमा गएर म्युजिक ट्रयाक सुनेका भरमा एक घन्टामा गाइन्छ हिजोआज गीत । अहिलेका श्रोतामै साङीतिक सुझबुझ छैन ।अहिले नामचलेको एउटा गाएक/ गायिकाले दिनको ४ वटासम्म गीत गाइदिन्छन।उहाँहरुको कमाइको कुरा नगरु।

नारायणगोपालमा पैसा प्रवृत्ति थिएन र त्यही कारणले होला उहाँलाई युगले स्वर सम्राट बनायो । गीत गीत जस्तो छैन आजकल।गीत हेरिन्छ। गीत सुनिदैन।गीतलाइ मिडियामा पैसा पेलेपछी हिट हुन्छ । गीत मीठो र कर्णप्रीय गाउनुपर्दैन। नेपाली आधुनिक सङीतका मोजार्त हुन नारायणगोपाल , नेपाली स्वर सन्सारका बिथोमिन हुन नारायणगोपाल , नेपाली कलासस्कृतिका कालिदास हुन नारायणगोपाल। उनैले देखाएको बाटोमा हिड्न सकियो भने मात्रै पनि उहाँ प्रती गरिएको साचो श्रद्धाञ्जली हुनेछ । आजको दिनमा नेपाली सगीतका एक युगीन ब्याक्तित्व नारायणगोपाल लाई सम्झिएर हामी एक युगलाइ बिस्मृतिमा राखेर अगाडि बढुं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *