२०८१ वैशाख १३ गते | 25th of April 2024

सान्-फ्रान्सिस्कोमा प्रथमपटक नारायण गोपाल स्‍मृति सांगितिक सांझ

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २० गते १७:५५

ध्रुब कुँवर, क्यालिफोर्निया । लायन्स क्लब अफ बर्कली, लालिगुरांस र नेपाल प्रोडक्सन हाउसको सयुक्त आयोजनामा आउंदो डिसेम्बर ९ तारिखमा साँझको ६ बजे देखी १० बजे सम्म क्यालिफोर्नियाको बर्कलीमा अबस्थित ब्रिज चर्च मा यस बर्षको स्वरसम्राट नारायण गोपाल स्‍मृति सभा मनाउने भएको छ । उक्त स्‍मृति सभा आयोजक संस्थाहरु लाइन्स क्लब अफ बर्कली लालिगुरास र नेपाल प्रोडक्सन हाउसको संयुक्त आयोजनाको दोश्रो प्रस्तुती हो ।

अमेरिकामा पहिलो पटक हुनगैरहेको नारायण गोपाल स्‍मृति सभामा उल्लेख्य दर्शकहरुको उपस्थिति हुने अनुमान गरिएको छ । तसर्थ, यस ऐतिहासिक साङगितिक कार्यक्रममा समयमानै उपस्थित भै स्वर सम्राट प्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्न आयोजक संस्था तपाईंलाई सादर निमन्त्रणा तथा हार्दिक स्वागत छ । वरीष्ठ संगितकार मदन दिपबिम, चिरपरिचित तबलाबादक रत्तु लामा तथा अन्य अनुभभी संगीतकर्मीहरुद्वारा अभ्यास (रिहर्सल) गराइएका स्थानिय प्रतिभावान कलाकारहरुले प्रस्तुत गर्ने स्वर्गिय नारायण गोपालका सुमधुर गीतहरुमा झुल्न, रमाउन, आनन्द लिन हुन पनि हामी आनुरोध गर्दै लायन्स क्लब अफ बर्कली लालिगुरांस का चार्टर प्रेसिडेन्ट निर्मल फुंयालले बताउनुभएको छ “यो एउटा परम्परा को सुरुवात हामीले प्रबासमा गरिरहेका छौं, ताकि अब आउने पुस्ताहरुले अग्रजहरुको सम्मान गरुन र त्यो परम्परा कायम रहोस ।”

कार्यक्रम ठेगाना : २४१९ मार्टिन लुथर किङ जुनियर वे, बर्कली, क्यालिफोर्निया ९४७०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *