२०८१ वैशाख ८ गते | 20th of April 2024

न्यूयोर्कमा दोस्रो नेपाल डे परेड

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २० गते ०:५३
आगामी में २१ तारिख आईतबार अमेरिकाको न्युयोर्कमा दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको हो । न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ परेडमा प्रमुख अतिथिका रुपमा उपस्थित हुने भएका छन् ।
परेड मेनह्याटनको ३८ देखि २७ स्ट्रिट र मेडिसन एभिन्यूमा आयोजना हुने भएको छ । गत बर्ष में २२ तारिख मेनह्याटनको ब्रोड वे अन्तर्गत २९ र १७ स्ट्रिटमा परेडको आयोजना गरिएको थियो । यो बर्ष भने अघिल्लो बर्ष छुटेका बिभिन्न सामाजिक संघ/संगठनहरुलाई पनि आयोजक समितिमा आवद्ध गरिएको छ । राजनैतिक दलका भातृ संघ/संगठनहरुलाई सम्मानित रुपमा आतिथ्य गराउने परेडका संयोजक मंगल दास श्रेष्ठले बताए ।
बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको परेडका लागि ११ सदस्यीय स्टेरींग समिति र ७ उप-समितिहरुको गठन समेत गरिको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । परेडको लागि २० देखि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकको अनुमान छ | आवश्यक खर्चको लागि अघिल्लो बर्ष संकलित रकम मध्येबाट बचेको ९ हजार डलर र अन्य रकमको लागि प्रायोजकहरुबाट संकलन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।
मध्यान्ह १२ बजे ३८ स्ट्रिट र मेडिसन एभिन्युबाट परेड आरम्भ हुने आयोजकले जनाएको छ । परेडमा बिभिन्न सामाजिक संघ,संस्थाहरुको अगुवाईमा विविध् मौंलिक एवं जातिय पहिचान झल्किने झाकी तथा र्याली प्रर्दशन गरिने कार्यक्रम रहेको छ ।
“सहभागीहरुले नेपाल र नेपालीको परिचय झल्कने तुल, ब्यानर र प्लेकार्ड सहित बिभिन्न गीत र सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै परेड ३८ स्ट्रिटबाट २७ स्ट्रिटसम्म पुग्नेछन्” नेपालको धार्मिक, सांस्कृतिक एवं पर्यटकियस्थल झल्कने व्यानरसहितको फ्लोट (ट्रक) राखिने छ । कार्यक्रम बारे संयोजक मंगल दास श्रेष्ठ भन्छन् “परेडमा सहभागीहरु मेडिसन एभिन्युको २७ स्ट्रिटमा जम्मा भएसँगै बिभिन्न कलाकारहरुले दुई घण्टा समयावधीमा विविध् सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् ।” सांस्कृतिक कार्यक्रम पश्चात् सोहि स्थानमा परेडको समापन गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *