२०८१ वैशाख १३ गते | 25th of April 2024

दोस्रो नेपालीज अमेरिकन कन्भेन्सन जुन ३० देखी डलासको टेक्सासमा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २० गते १:४५

गत बर्षदेखी अमेरिकामा रहेका खेल्कुदप्रेमी र बिभिन्न क्षेत्रमा दख्खल राख्ने युवाहरुको प्रयासमा लस एन्जलसमा सम्पन्न पहिलो नेपालीज अमेरिकन कन्भेन्सनको भब्य सफलतापश्चात हरेक बर्ष आयोजना गर्ने भनेर घोषणा गरिएको कन्भेसन यस बर्ष टेक्सासको डलास शहरमा एफ वान ग्रुप र चर्चित नेपाली सामुदायिक संस्था नेपाली समाज, टेक्साससँगको सहकार्यमा सन्चालन हुने भएको छ ।
खेलकुदलाई बिशेष महत्व दिने सन्दर्भमा शुरुवात भएको यस सम्मेलनमा खेलकुदमा बिजयीले प्राप्त गर्ने पुरस्कार पनि गत बर्ष भन्दा ठुलो रखिएको छ, एफवान ग्रुपका संयोजक विश्व सुवेदीले जनाएका छन ।
खेलकुदसंगै कल्चरल, फेशन, कन्सर्ट, बच्चाहरुको खेलकुद सहित बिभिन्न फोरमहरुको संचालन गरिने छ । युवाहरुले अघि सारेको कार्यक्रममा आर्थिक भार नपर्ने कार्यक्रमहरु नेपाली समाज, टेक्सासको सन्चालनका साथ उक्त सम्मेलन सफलतापुर्बक सम्पन्न गर्नमा सहकार्य गर्ने भएको छ ।

यही जुन ३० देखि २ जुलाईसम्म हुने सम्मेलनले एफवान ग्रुप र नेपाली समाज टेक्ससबीच सहकार्यको सुरूवात हुने जानकारी कार्यक्रमका संयोजक बास बिशुले दिए । अमेरिकाकै ठुलो र राम्रो संस्थामा पर्ने नेपाली समाज टेक्सासले एफवान ग्रुपसँगको सहकार्य गरेर सामुदायिक गतिविधिलाइ अझै सशक्त बनाउने अध्यक्ष कृष्ण लामिछानेले बताए ।
युवाहरुले अघि सरेको कार्य लाई आफ्नो संस्थाले खुलेर सहयोग गर्ने महासचिब कमल सत्यलले राखेका थिए । खेलकुद लाई बिसेस प्राथमिकता सहित, कल्चुरल, फेसन, कन्सर्ट, डिजे, साना बालबालिकाका लागि स्पेल्लिन, डिबेट जस्ता र फोरमहरू समावेश छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *