२०८१ वैशाख १५ गते | 27th of April 2024

महान जुवाघर चाहियो ।

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २० गते १:५७

सर्बज्ञ वाग्ले

यो त सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा सगरमाथा छ । यो पनि सबैलाई थाहा छ नेपाल राजा जनकको देश हो । फेरी अर्को कुरा पनि सबैलाई थाहै छ माता सीताको जन्म भुमी पनि नेपालकै हलोको सीयो मुनिवाट भएको हो । अझ भनौ भने भगवान बुध्दको जन्म भुमी पनि नेपाल नै हो । यो सबै कुरोको चुरो बुझ्ने संसारका देश तथा त्यस देशका जनताले समेत हाम्रो देशलाई महान मान्नै पर्छ मानेकै होलान र मान्लान पनि हैन र ? त्यसैले यस्तो महान देशाँ महान जुवा घरको भिषंण माग भयो ।

महान देशाँ बस्ने को छैन महान ? महान देशाँ बस्ने जनतै महान, महान देशका नेतै महान, महान देशका व्यापारी नै महान,महान देशका सरकारी कर्मचारी नै महान,महान देशका तरकारी व्यापारी नै महान, महाम देशका विद्यार्थी नै महान, महान देशका पुलिस प्रशासक नै महान, महान देशका पशुपंक्षी नै महान, महान देशका मठ मन्दिरै महान, महान देशका पशुपतीका अगाडि बस्ने साँढे नै महान,महान देशका वुद्धिजिवी नै महान, महान देशका जुवाघर संचालकै महान, महान देशका टोल टोलमा गोल बनेर जुवे खेल्ने र खेलाउने शाहु महाजनै महान । महान देशाँ को छैन महान ?

त्यसैले एसियामै पहिलो क्यासिनो नेपालमा बन्यो । त्यो महान कार्य महान दबारको महान हातबाट भयो । त्यसको नाम थियो ” क्यासिनो नेपाल ” त्यसपछि त प्रजातन्त्र सँगै स्वतन्त्र महान जुवाघरहरु झन्डै एक दर्जन पुग्न थाले । काठमाडौं देखी पोखरा सम्म भित्र महान नेपाली टन्ना टन्न बाहिर साइनबोर्ड “नेपालीलाई प्रवेश निषेध ” को कानून देखी प्रसासन सम्म घुम्ने र घुमाउने दमडिको दम डम्मा डम्म । ” कुकर भुक्दै छ हात्ती हिंड्दै छ” महान जुवाघरका महान आम्दानी महा-महिम देखि महा-महिम सम्म ।

हाम्रो देश देवतै देवताको देश संसारकै एेतिहाँसिक महान देशको अवलोक गर्न आउने पर्यटकलाई जुवारुपी मनोरंजन गराउनु भित्रै खाना, भित्रै खेल्न, भित्रै मनोरञ्जन गराउन युवा तथा युवती बेरोजगारीलाई रोजगारी दिलाउन आहा क्या राम्रो महान मनोरंजन थाहा रहेछ हाम्रो शान ।

त्यो त एउटा क्रान्तिकारी बिचार भित्रको आर्थिक उन्नतिको मिसायल हो । महाभारत जस्तो पुराणको जुवारुपी उच्च बहस र हाम्रो समाजको तहस नहसलाई पनि ठूला ठूला ऋषी महर्षी देखी श्री कृष्ण, विदुर, द्रोणाचार्य गुरु अश्वासथामा, कृपाचार्य भिष्म पितामह,कुन्ती गान्धारी, द्रौपदी,युधिष्ठिर,अर्जुन, भिमसम्मको युगले स्वागत गरेको कुरा जग जाहिर छ जुवा जिवनमा माहिर छ ।

हाम्रो जस्तो महान मुलुक गरिवीका कारणले त संसाराँ अल्ली कम हो नि । तै पनि महान भएकै कारण महान कर्जा संसारका हर्ता कर्ता मुलुकले दिएकै छन् । नेपाली जनताको कडा परिश्रम कतार देखी खाडी सम्म, जापान देखी जर्मन सम्म, अमेरिका देखी ब्रिटिश सम्म, गैंचा देखी बन्दुक सम्म संसारका देशाँ मेहेनत गर्ने रेसाँ दौडेकै छन् । हाम्रा मुलुकमा अर्थशास्त्री रात दिन अर्थ व्यवस्थालाई लिएर चिन्तित् छन् । बैज्ञानिक अनुसन्धानको चिन्ताले बिदेशिएका छन | बुध्दिजिविहरु को बुध्दिका कारणले देश चलेकै छ । बुद्धिजीविहरूले बुद्धिका कारणले खाएकै छन् लाएकै छन् ।

सरकार बाह्रैमास संकटाँ छ हुन्छ र भइरहन्छ । बजेट घाटाँ गएकै छ र गइरहन्छ पनि । ९०% ले महान महामहिका महान कार्य टारेकै छन् | १०% ले काममा दाम सहि ठाम धुम्-धाम, धम्मर धुस लागेर द्रुततर गतियाँ गतिलो काम भएकै छ । बिदेशी मुद्रा आर्जन गर्न महान जुवाघरको महान सोच ल्याउनु छ । गरिवीको खुट्टा भारी छ, बिकास डाँडा पारी छ, त्यसैले अर्थतन्त्रको पाउ भारी भयो अंगदको जस्तो गाडी गयो । बिना पुँजिको व्यापार महान जुवाघर हाम्रो मुलुकाँ भइरहन्छ अपार ।

यसै बिचाँ पं गौरी शंकरले लेख्नु भएको महाभारतको विदुर – धृतराष्ट्र संवाद धुत् भवन निर्माणको शिलक-९
बोले धर्म – कुमारजि ! हजुरको, होला सवारी भनी |
पर्खेका सब खेल्दछौं भनी जुवा, राजा र हामी पनि ||
पाल्नूभो अब गर्नु पर्दछ लहड, आनन्दका खातिर |
तिनको भाव बुझेर धर्म-सुतले, आज्ञा गरे सादर || ९

यसरी धर्मराज युधिष्ठिलाई बोलाई पौराणिक कालाँ भएको जुवाको कारणले सुन्दा पौराणिक कृति महाभारत जन्म्यो । त्यसरी बोलाईएका युधिष्ठीले जुवामा आफू लगायत आँफ्ना वीर र धिर चारभाइका साथाँ सौन्दर्यको खानि पाँचै भाईकी रानी दौपदीलाई पनि दाउमा हारे । त्यस कालाँ दरवारमा सम्पूर्ण सभासद अगाडि पण्डित, पुरोहित, विध्वान, र ठूला ठालू ज्ञाँता अगाडि खुला जुवा खेल्ने चलन थियो । भने हामी जस्ता सर्व साधारण जनताका कथा व्यथा कस्ले लेख्ने ? कस्ले सुन्ने ?

जे होस् जुवा खेलाउने मुलुक हस्थिना पुरले नै सम्पूर्ण सम्पत्ति हत्यायो । त्यसैले हाम्रा मुलुकाँ पनि महान जुवाघराँ सारा सिंह दरवार अटाउने गरी संसद र सांसद देखि सरकारको जोड घटाऊ सम्माँ महान व्यक्त्ति जम्मा पार्ने भित्रै रासन पानी, जुवा नानी, सुरा सुन्दरी, रक्सी दारु र पारू एकै ठाँम्मा बिशाल जुवा सभाकक्ष बन्ने गरी तुरुन्तै थालनि गर्दा कसो होला ?

दिपावलीयाँ एक महिना अघि देखि एक महिना पछी सम्म सबै महामहिम टम्मा टम्मा जुवाँ जम्मा हुँदा कसो हुने हजुर ? यसले सर्व प्रथम त अात्म वल दिन्छ । त्यसरीनै देशाँ पर्यटकलाई मनोरंजनले मन वहलाउँछ । त्यसरीनै अात्मलाई बढाई दिन्छ । देशका महान व्यक्तित्व संग आत्मा बलै नभइ देशाँ कसरी मल होला र खेती किसान सप्रेला ? दाउ लगाउँदै जाँदा आज पैसाको, भोली इज्यत, पर्सी इमान,निकपर्सी जमान, अर्को दिन घरवार ,अर्को दिन राष्ट्र नै दाउमा राख्दा साहुको टन्टै नहुने । आफ्नो झण्डै वोक्न नपर्ने । त्यो इज्यत भन्ने कुरा पनि कहिले आँउछ कहिले जान्छ धन्ना मान्नै पर्दैन, धन्न भन्नै पर्दैन । हुनेको जान्छ फेरि आँउछ । कहिले फूलामाला कहिले जुत्तामाला, कहिले कालोमुसो कहिले अविर,जताततै उनकै तस्वीर ! देशाँ कुन महा-महिमलाई दशा लाग्या छ र महान मान्छे डराउनु पर्या छ ? जे हुन्छ महा महिम बाटै हुन्छ ?

त्यती ठूलो भवन देशाँ बनेसी, गरिवीको दुर, वेरोजगारी खतम,पुराण साक्षी छ,जुवाको खेलाँ चीर हरण भयो होला,कस्ले देखेको छ र चिन्ता गर्नु पर्यो ? बालक अपहर हत्या हिंसा त्यो पनि संसारमै भएकै कुरा त होनी महान व्यक्त्तिले जे जे गर्नु हुन्छ सबै महान मान्नै पर्छ । भनिएको छ र भनी रहन पर्छ । देशाँ एउटा महान जुवाघर चाहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *