२०८१ वैशाख ८ गते | 20th of April 2024

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते १४:४४

झापा, २७ मंसिर । ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *