२०८१ वैशाख १३ गते | 25th of April 2024

उद्योगी र उखु व्यवसायीबीच सहमती भएपछि उखु क्रसिङ तर्फ व्यवसायी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते १४:५७

सर्लाही,२७ मंसिर । गत वर्षकै न्यूनतम मूल्य रहने गरी उद्योगी र उखु किसानका प्रतिनिधिबीच उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ । वुधवार काठमाडौंमा भएको दुई पक्षीय वार्ताले गएको वर्ष कायम गरिएको प्रति क्विन्टल मूल्य ५ सय ३१ रुपैँया २० पैसाबाट नघट्ने गरी उखुको न्यूनतम मूल्य कायम गरी उद्योग सञ्चालन गर्ने निर्णय गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार हाललाई पोहोरकै मूल्यमा किसानले भुक्तानी लिने र माघ दोस्रो साता उद्योगी, किसान र सरकारका प्रतिनिधि बसेर पोहोरको मूल्यभन्दा नघटाई मूल्य कायम गर्ने सहमति भएको हो । यो सहमतिसँगै अब तराईका चिनी उद्योगले उखु क्रसिङ थाल्ने भएका छन् । वार्तामा उद्योगीहरुले अरु देशबाट आउने चिनीमा सरकारले भन्सारवृद्धि गरे पोहोर सालको भन्दा मूल्य बढाउन सहमति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *