1

भारतसंग १४१ रनले श्रीलंका पराजित

660 पटक पढिएको

मंसिर २७ –श्रीलंकासँगको दोश्रो एकदिवसीय क्रिकेटमा भारत १ सय ४१ रनले विजयी भएको छ ।
भारतको चण्डिगढमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५१ रन मात्रै बनाएपछि भारत विजयी भएको हो ।
श्रीलंकाका लागि एन्जेलो म्याथुजले १ सय ११ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन । भारतका युवचन्द्र चाहलले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको दोहोरो शतकको मद्दतमा ३ सय ९३ रन बनाएको थियो । शर्माले आफ्नो तेश्रो दोहोरो शतक बनाउने क्रममा १ सय ५३ बल खेलेर १३ चौका र १२ छक्कासहित २ सय ८ रन बनाएका थिए । यस्तै श्रेयास आयरले ८८, शिखर धवनले ६८ रनको योगदान दिए ।
जितसँगै भारतले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृङ्खला बराबरीमा ल्याएको छ । यसअघि पहिलो एकदिवसीयमा श्रीलंका विजयी भएको थियो । अब यी दुईबीचको निर्णायक र तेश्रो एकदिवसीय क्रिकेट आइतबार विशाखापटनममा हुने छ ।

तपाईको प्रतिक्रिया

  काठमाडौं-सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७÷७८) को बजेट परम्परागत रहेको तथा.. ...

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...