२०८१ वैशाख ८ गते | 20th of April 2024

गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते १८:४८

तनहुँं । नेपाली कांग्रेस तनहुँले कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र अन्य २ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दर्ता गराएर निर्वाचन आयोगले खारेज गरेपछि जोशीले विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो ।

‘पौडेकाविरुद्ध स्वतन्त्र उम्मेदवारी भन्दै मनोनय दर्ता गराएका जोशीले आयोगले उम्मेदवारी खारेजी गरेपछि विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन लागेकाले जोशी र उनका समर्थक, प्रस्थावकलाई कारबाही सिफारिस गरेका हौं,’ कांग्रेस तनहुँ सभापति वैकुन्ठ न्यौपानेले भने, ‘उहाँले योजनावद्ध रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउन लाग्नुभएको थियो ।’

जोशीसँगै प्रस्थावक, समर्थक हरिशरण पाण्डे र रामवेदव पन्थलाई कारबाही सिफारिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *