२०८१ वैशाख ७ गते | 19th of April 2024

यसपटकको चुनावबाट बढारिएका दलहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते १८:५९

काठमाडौँ । अघिल्लो पटकको व्यवस्थापिका संसद (संविधानसभाबाट परिवर्तित) मा २२ राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए । पछिगठन भएको नयाँ शक्ति पार्टीमा एक सांसदले प्रवेश गरेपछि सो दल पनि संसदमा दर्ता भएर २३ पुगेको थियो । तर अब बन्ने केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ह्वात्तै घट्ने भएको छ ।  यस पटकको निर्वाचनबाट ९ दलले राष्ट्रिय दल बन्ने संकेत गरेका छन् । ९ दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा जित दर्ता गरेका छन् । यो सामाग्री तयार पार्दासम्म प्रतिनिधी सभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६० निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ भने गणना भइरहेको ४ क्षेत्रमा एमाले र १ क्षेत्रमा राजपाले अग्रता लिएको छ । साथै समानुपातिकको प्रारम्भिक मतगणना हुँदा एमाले, माओवादी केन्द्र र कांग्रेसले ३ प्रतिशत मत कटाएर अग्रता लिइरहेका छन् । प्रत्यक्ष प्रणालीको निर्वाचनमा विजयी हुने अन्य दलहरुले भन्दा यतिबेला सम्म १ लाख तलको मत पाएका छन्, उनीहरु पनि मत बढाउने क्रममा छन् ।

अघिल्लो पटक संसदमा रहेका यी हुन् २३ दल : 

२०७० सालमा भएको संविधान सभा निर्वाचनबाट संसदमा साना दलहरुको बाहुल्यता थियो । प्रत्यक्ष प्रणालीबाट पराजित भएर समानुपातिक प्रणालीबाट राम्रो मत ल्याएर राप्रपा संसदमा चौथो दल बन्न सफल भएको थियो । निर्वाचन कानुनमा परिमार्जन भएर थ्रेसहोल्ड पद्दति लागू भएसँगै निर्वाचनमा भाग लिने दलको संख्या र निर्वाचित हुने दलको संख्यामा पनि कटौती भएको छ ।

यी हुन अघिल्लो पटक संसदमा प्रतिनिधित्व गर्ने दलहरु :

नेपाली काँग्रेस, नेपाल कम्यूनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी  (प्रजातान्त्रिक ), संघीय समाजवादी फोरम, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल, खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेश समता पार्टी नेपाल र पछि एक जना सांसद प्रवेश गरेपछि नयाँ शक्ति पार्टी, नेपाल पनि संसदमा दर्ता भएको थियो ।

यो पटक संसदमा राष्ट्रिय दलको हैसियतमा प्रतिनिधित्व गर्ने यी हुन् सम्भावित दल 

प्रतिनिधीसभा तर्फको निर्वाचन प्रक्रियामा एमाले पहिलो स्थानमा रहेको छ । उसले ७५ सिटमा जित दर्ता गर्दै ४ स्थानमा अग्रता कायम गरेको छ । यस्तै समानुपातिक तर्फको मत गणना हुँदा पनि अग्रता लिइरहेको छ, जसकारण एमाले संसदमा पहिलो दल बन्दैछ । नेपाली कांग्रेसले यतिबेलासम्म २१ स्थानमा विजय हासिल गरेको छ भने एक स्थानमा अग्रता हासिल गरेको छ । समानुपातिकतर्फको मतगणना हुँदा एमाले भन्दा १ लाख कम अन्तरमा मतअंक ल्याएर दोश्रो स्थानमा पछ्याइरहेको छ ।

माओवादीले प्रतिनिधीसभाको प्रत्यक्षतर्फ ३६ स्थानमा जित दर्ता गरको छ भने समानुपातिकतर्फ ३ प्रतिशत भोट कटाइसकेकोले राष्ट्रिय दलको मान्यता पाउने आधार खडा गरेको छ । यस्तै संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षमा १० र समानुपातिकतर्फ मतगणना भइरहँदा १ लाख माथि मत कटाइसकेकोले राष्ट्रिय दल बन्ने संकेत गरको छ । तराईका विभिन्न जिल्लाहरु र पहाडका जनजातीको समानुपातिक तर्फको भोट समाजवादी फोरमतिर आर्कर्षित हुने हुँदा राजपा भन्दा अगाडि हुने आंकलन गर्न सकिन्छ ।

यस्तै राजपाले प्रतिनिधी सभाको निर्वाचनमा ११ क्षेत्रमा जित हासिल गरेको छ भने समानुपातिक तर्फ झन्डै ७० हजार हाराहारी मत पाइसकेको छ । २ नम्बर प्रदेश राजपाको मुख्य केन्द्र भएकोले समानुपातिकमा भोट बढाउने अधारहरु बाँकी नै रहेको छ । यस्तै राप्रपा, जनमोर्चा, नेमकिपा र नयाँ शक्तिले प्रतिनिधी सभा निर्वाचनमा १ सिट ल्याएका छन् । ३ स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्  । १ स्थानमा विजयी भएका यी दलले समानुपातिक तर्फको झन्डै एक तिहाई मतगणना हुँदा अपेक्षाकृत मत ल्याउन सकेका छैनन् । यी दलहरु राष्ट्रिय दल बन्न नसक्ने खतरा धैरे देखिन्छ,  रातोपाटीले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *