२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकामा नेपालीलाई प्राप्त टिपिएस सुबिधा थप्न पहल गर्न एनआरएनए अमेरिकाको नेतृत्वले सरोकारवालासंग भेट्दै

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते १९:२७

टेक्सास (अमेरिका)- अमेरिकामा रहेका नेपालीलाई प्राप्त टिपिएस Temporary Protected Status (TPS) सुबिधा थप गर्न पहल गर्न गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले चासो देखाएको छ ।

करिब ३ वर्ष अघि नेपालमा गएको महाभुकम्पका कारण उत्पन्न असहज परिस्थतीका माझ अमेरिकामा रहेका नेपालीहरुलाई यहांको सरकारले दिएको टिपिएस सुबिधा थप्ने- नथप्ने दुबिधाका माझ एनआरएन अमेरिकाको नेतृत्वले सुबिधा थप गर्न पहल गर्न सरोकारवाला निकायसंग छलफल गर्न लागेको हो ।

मंगलवार एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले जारी गरेको बिज्ञप्ती अनुसार यही डिसेम्बर १४ तारिख बिहिबार अध्यक्ष डा. पौडेलको नेतृत्वको टिमले वासिंटन डिसीस्थित Department of Homeland Security (DHS), Department of State र Unites States Congress स्थित Nepal Caucus का तिन मुख्य Congressman का प्रतिनिधीहरुसंग छलफल गर्नेछ ।

हालै एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जाशीले संयोजक गरेको बैठकपछि टिपिएस सुबिधा थप गर्न पहल गर्न सरोकारवाला संग वार्ता गर्ने निर्णय भएको हो । मिडिया कोर्डिनेटर जोशीले छलफल पछिको निश्कर्षका बारेमा सबैलाई जानकारी दिने बताउनुभयो ।

अमेरिकी सरकारका पछिल्ला आप्रवासीसम्बन्धी नितिनियमहरुले टिपिएस थप हुदैन की भन्ने चासोका माझ एनआरएनको नेतृत्वले दबाब दिन लागेको हो ।

अध्यक्ष डा. पौडेलले जारी गरेको बिज्ञप्तीमा एनआरएन अमेरिका प्रतिनिधीमुलक संस्था भएकोले टिपिएस सुबिधा थप्न पहल गर्न सरोकारवाला संग वार्ता गर्न लागेको र यसका लागी सबै क्षेत्रबाट समेत आवाज उठाउनुपर्ने बताइएको छ ।

अमेरिकामा हजारौं नेपालीलाई प्राप्त टिपिएस आउंदो जुन २०१८ मा समाप्त हुदैछ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलले जारी गरेको बिज्ञप्ती

आदरणीय अमेरिकावासी दाजुभाइ दिदिबहिनीहरु,

नेपालमा झण्डै तिन बर्ष अघि गएको बिनाशकारी महाभुकम्पका कारण उत्पन्न परिस्थिती र नेपालीहरुले भोगेको पिडामा साथ दिंदै अमेरिकी सरकारद्धारा उपलब्ध गराइएको टिपिएस -Temporary Protected Status (TPS) को अवधी आगामी जुन २०१८ मा समाप्त हुंदैछ । अमेरिकामा अस्थायी रुपमा बसोबास गरिरहेका हजारौं नेपाली दाजुभाई दिदिबहिनीहरुले टिपिएस सुबिधा लिएको मात्र होइन, आफ्नो जिबनस्तरलाई नै परिबर्तन गर्न सफल हुनुभएको तथ्य तपाई हाम्रा अघि छर्लङ्ग छ ।

बर्तमान अमेरिकी सरकारका आप्रवासी सम्बन्धी कतिपय पछिल्ला नितिनियमहरुले नेपालीहरुलाई प्रदान गरिएको टिपिएस सुबिधा अव थप नहुने हो की भन्ने चिन्ताले तपाई हामी सबै व्याकुल भएको यथार्थ परिप्रेक्षमा टिपिएसको नबिकरणका लागी हामी सबैले आ आफ्नो स्थानबाट दबाब सृजना गर्न अति नै आवश्यक छ ।
यसै सन्दर्भमा अमेरिका भरी रहेका सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै आगामी १४ तारिख (डिसेम्बर १४ ,बिहिबार) का दिन मेरो नेतृत्वमा एक टोली अमेरिकाको राजधानी वासिंटन डिसीस्थित बिभिन्न सरोकारवालाहरू संग भेटी टिपिएस नबिकरणका लागी आग्रह गर्ने योजना रहेको जानकारी गराउन पाउंदा हामी अति उत्साही छौं ।

एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीले संयोजन गर्नुभएका बिशेष बैठकहरुमध्ये Department of Homeland Security (DHS), Department of State र Unites States Congress स्थित Nepal Caucus का तिन मुख्य Congressman का प्रतिनिधीहरुसंग रहनेछन् ।

यस् बैठकहरुमा हुने छलफल तथा निर्णयहरु हामी बैठकपश्चात यहांहरुलाई जानकारी गराउनेछौं । बैठकका क्रममा हुने बार्ताहरुलाई थप प्रभावकारी बनाउन हामीले यहांहरुको सुझावको अपेक्षा गरेका छौं । बिहिबार बिहानसम्म यहांहरुले दिएका सुझावहरुलाई हामी बार्ताका क्रममा उचित स्थान दिनेछौं ।

यहांहरुको सुझाव तथा शुभकामनाको अपेक्षा सहित,

डा. केशव पौडेल
अध्यक्ष
एनआरएन अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *