२०८१ वैशाख ६ गते | 18th of April 2024

पर्यटकीय पूर्वाधार निर्माणलाई तीब्रता दिनुपर्छ :पर्यटन सचिव

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २८ गते १६:०८

 

काठमाडौँ, २८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटकीय पूर्वाधार निर्माणलाई तीब्रता दिइनुपर्ने खाँचो औँल्याए ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन ९पाटा नेपाल च्याप्टर० को ४१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने उल्लेख गरे ।

“धार्मिक तथा प्राकृतिक पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारी रुपमा लैजानुपर्छ,”–सचिव न्यौपानेले भन्नुभयो –“नयाँ संभावना बोकेका गन्तव्यको प्रचार–प्रसार गरी गुणस्तरीय पर्यटकीय सेवा उपलब्ध गराउन सके पर्यटन क्षेत्रले चाँडै फड्को मार्ने देखिन्छ ।” –सचिव न्यौपानेले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडाले मुलुकको आर्थिक समृद्धिका लागि आगामी मार्गचित्र प्रस्तुत गर्दै पर्यटनको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।
उहाँले भन्नुभयो –“पर्यटनबाटै आर्थिक समृद्धि संभव छ, तर अहिलेको अवस्था सन्तोषजनक छैन्, त्यसैले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार विकासका साथै सेवामा विविधिता र गुणस्तर बनाउनेतर्फ सरकार र निजी क्षेत्रको सक्रियता जरुरी छ ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत .सीईओ दीपकराज जोशीले पर्यटकीय संभावना बोकेका नयाँ गन्तव्यको खोजी गरी व्यापक प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटन पूर्ववत अवस्थामा फर्किएको र अब बन्ने स्थिर सरकारले पर्यटकीय पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ अघि बढाएमा पर्यटनले फड्को मार्ने दाबी गरे ।

पाटाको अध्यक्षमा सुनिल शाक्य
पाटाको बुधबार सम्पन्न ४१ औँ साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायु सेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभुतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका हुन ।

सदस्यमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डन प्राधीकरण ९क्यान० पदेन सदस्य रहेका छन् भने अन्य सात जना निजी क्षेत्रबाट सदस्य चयन भएको पाटाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पाटाका नवनिर्वाचित अध्यक्ष सुनिल शाक्यले अब बन्ने स्थिर सरकारले पर्यटनका नीतिगत सुधारमा ध्यान दिएको खण्डमा निजी क्षेत्र र सरकारको साझेदारीमा पर्यटन क्षेत्रमा नयाँ तरंग पैदा हुने बताउनुभयो ।

‘भिजन फाइभ मिलियन टुरिस्ट’ थिम्सका साथ सम्पन्न साधारणसभाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दी विकास लक्ष्यअनुरुप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउने निर्णय गरेको पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।

यसैबीच पाटाले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जना पर्यटन व्यवसायीलाई प्रदान गर्ने पाटा ‘पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियानता कर्ण शाक्यलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *