२०८१ वैशाख १३ गते | 25th of April 2024

सिरोज कोइराला उपमेयरको उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते २:५५

पोखरा, १९ बैशाख ।
युवा उद्यमी सिरोज कोइरालाले पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सञ्चार, पर्यटन र आध्यात्म क्षेत्रमा सम्बद्ध उनले पोखरालाई समृद्ध महानगर बनाउने उद्देश्यले उम्मेदवारी प्रश्तुत गरेको प्रतिक्रिया दिएका छन् । बिष्णुहरी पौडेलको प्रश्तावना र किशोर ओझाको समर्थनमा कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि उनले पोखरेलीलाई विश्व स्वास्थ्य संगठन मापदण्डको पिउने पानीको प्रबन्ध गर्ने, पोखरा प्रवेशका लागि वैकल्पिक मार्ग बनाउने, मेट्रोपोलिटन बस तथा ट्राम सञ्चालन गर्ने, बजारलाई नै अस्तव्यस्त बनाएको बिजुली, टेलिफोन र केबल तार भूमिगत गर्ने योजना अघि सारेका छन् । पोखरा क्षेत्रमा जग्गा खण्डिकरण बढी भएकाले आधुनिक अपार्टमेण्ट शैलिका घर निर्माण गरेर जमिनलाई कृषि उत्पादनमा उपयोग गर्नुपर्ने बताए । पोखरा र पर्यटन पर्याबाची भएकाले पोखरालाई योगा र मेडिटेसन टुरिजम सेन्टरको रुपमा पनि विकास गर्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *