२०८१ वैशाख १२ गते | 24th of April 2024

प्रदेश नं ३ को राजधानी हेटौँडालाई बनाउन माग

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १ गते १४:११

काठमाडौँ, १ पुस । नेपाली काँग्रेस मकवानपुरका अध्यक्ष एवं नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी घोषणा गर्दा उपयुक्त हुने बताएका छन ।
यहाँ आज आयोजित कार्यक्रममा उनले जनताको चाहना र पूर्वाधारका आधारमा हेटाँैडालाई राजधानी घोषणा गर्न माग गरे । त्यहाँ क्षेत्रीय वन कार्यालय, सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने भएकाले आफूले यो विचार अघि सारेको उनले उल्लेख गरे ।

हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री देउवासँग पनि कुरा गरिसकेकाले उपर्युक्त निर्णय हुने उनको विश्वास थियो ।  नेता बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *