२०८१ वैशाख १३ गते | 25th of April 2024

यस्तो छ परिणाम, समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १ गते १५:५०

काठमाडौँ, १ पुस । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरीे समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ६१ हजार २९५ मत ल्याएर पहिलो स्थानमा छ । नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३ मतसहित दोस्रो र नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३ मत ल्याएर तेस्रो स्थानमा छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७० हजार ४८६, संघीय समाजवादी फोरम नेपालले चार लाख ६९ हजार ४६१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० ८८ हजार २८०, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ४४६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *