२०८१ वैशाख १३ गते | 25th of April 2024

कास्कीमा एउटा मात्रै उजुरी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:१८

प्रकाश ढकाल
पोखरा, २० बैशाख ।
स्थानीय तहको चुनावका लागि मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्ये कास्कीमा एउटा मात्रै उम्मेदवारलाई उजुरी परेको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १८ स्थित महिला सदस्यमा उम्मेदवारी दिएकी भोज कुमारी थापालाई उजुरी परेको हो । नेकपा एमालेबाट उम्मेदवार बनेकी थापालाई काँग्रेसतर्फको महिला सदस्यकी उम्मेदवार शोभादेवी तिमिल्सीनाले उजुरी दिएकी हुन् । थापा सराङकोट सहकारीमा राजीनामा नदिई स्थानीय चुनावमा उम्मेदवार बनेको उजुरीपत्रमा उल्लेख छ । यसबाहेक महानगर र चारवटै गाउँपालिकामा मनोनयन दर्ता गराएका उम्मेदवारलाई उजुरी नपरेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । निर्वाचन आयोगले मंगलबार मनोनयन पत्र दर्ता भएका उम्मेदवार माथी बुधबार उजुरी दिने समय तोकेको थियो । परेको उजुरी माथी छानविन गरेर विहिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारले विहिबार नै उम्मेदवारी फिर्ता लिने समय पाउनेछन् ।
मंगलबार पोखरा लेखनाथ महानगरपालिकामा ८ सय ६४ जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराए । दर्ता गरिएका नामबाट १ सय ६७ जनामात्रै निर्वाचित हुनेछन् । ३३ वडामा वडाध्यक्षका लागि मात्रै २ सय ७ जनाको नाम दर्ता भएको छ । ३३ जना महिला सदस्य आवश्यक पर्ने महानगरमा १ सय ५९ जनाको दावेदारी छ भने ३३ जना दलित महिला सदस्यका लागि पनि १ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको मूख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार खुल्ला सदस्यमा २ सय २६ जनाले दावेदारी प्रश्तुत गरेका छन् । दर्ता भएका नामबाट ६४ जना मात्रै खुल्ला सदस्य निर्वाचित हुनेछन् । यस्तै माछापुच्छ«ेमा एक सय ८९, रुपामा एक सय १२, मादीमा एक सय ६९ जना र अन्नपूर्णमा एक सय ९९ जनाले मनोनयन दर्ता गराए थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *