1

आर्थिक विकास र समृद्धिमा बिम्स्टेक केन्द्रित हुनुपर्नेमा जोड

432 पटक पढिएको

काठमाडौँ, ३ पुस । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ले अगाडि सारेको आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकार तथा विज्ञले जोड दिनुभएको छ ।

आर्थिक समृद्धि, गरिबीको अन्त्य र सम्पर्क सञ्जालको विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएको बिम्स्टेक लक्ष्यअनुसार अगाडि बढ्न नसक्नुको कारणको खोजी गर्दै आगामी दिनमा त्यसलाई सबल, सक्षम बनाउनुपर्ने उनीहरुको धारणा छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘बिम्स्टेक स्पष्ट प्रक्षेपण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै कूटनीतिक क्षेत्रका जानकारले लक्ष्यअनुसार नै अन्तर्राष्ट्रिय फोरमलाई प्रयोग गर्दै त्यसबाट लाभ लिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा ९एमाले०का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरिबी, बेरोजगारीको अन्त्य र सम्पर्क सञ्जालको विकासका लागि विशेष ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “नेपाल जस्ता अल्पविकसित मुलुकको आर्थिक समृद्धि र विकासका लागि यस्ता अन्तर्राष्ट्रिय निकाय साझेदार र सहयोगी बन्न सक्छन् । त्यसबाट हामीले प्रशस्त लाभ लिन सक्नुपर्छ ।”

बिम्स्टेकमा नेपालले गरिबी निवारणको लक्ष्यलाई आफ्नो प्राथमिकतामा राखेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले आफूले गर्छौं भनेर प्रतिबद्धता जनाएको विषयमा प्रष्ट भएर काम गर्नुपर्ने र उदाहरण नै बनेर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

नेपाल राजनीतिक संक्रमणकालबाट स्थिरताको दिशामा अगाडि बढेको भन्दै उहाँले वामगठबन्धनले सबै छिमेकीसँग समान सम्बन्ध राखेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपालले कहिल्यै पनि कसैका विरुद्ध कसैलाई प्रयोग नगरेको भन्दै नेता नेपालले सबै छिमेकीसँग सहकार्यका आधारमा समान सम्बन्ध राख्दै अगाडि बढ्ने स्पष्ट पारे । फरक एक प्रसंगमा नेता नेपालले नयाँ सरकार गठन हुनै दिँदैनौँ भने जसरी जनमतको अपमान नगर्नसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आर्थिक समृद्धि, गरिबी, बेरोजगारीको अन्त्य गर्ने र जनस्तरमा सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ स्थापना भएको बिम्स्टेकलाई सार्थक र प्रभावकारी बनाउन सबैको साथ र सहयोगको जरुरी रहेको बताए ।

कार्यपत्र प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री मधुकरशम्शेर जंगबहादुर राणाले राजनीतिक विषयभन्दा पनि आर्थिक विषयलाई केन्द्रित गरेर स्थापना भएको बिम्स्टेकबाट नेपालले फाइदा लिन हरसम्भव प्रयास गर्नुपर्ने बताए ।

यस्तै, अर्का कार्यपत्र प्रस्तोता संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले बिम्स्टेक स्थापनाको लामो समय भएपनि त्यसले लिएका लक्ष्य कार्यान्वयन हुन नसक्नुको कारण खोज्दै भावी दिनमा त्यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पन्नाकाजी अमात्यले सार्थक प्रयासबाट मात्रै अन्तर्राष्ट्रिय संघसंस्थाको उपादेयता देखिने भएकाले त्यसमा लाग्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...