२०८१ वैशाख ८ गते | 20th of April 2024

जनजाति महासंघ, अमेरिका (फिप्ना)को प्रेस विज्ञप्ति

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ४ गते ९:००

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को छैठौ महाधिवेशन सम्बन्धी सामाजिक सञ्जालमा देखिएको भ्रमप्रति फिप्नाको वर्तमान कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्न चाहन्छौ ।

फिप्नाको महाधिवेशन हिजो डिसेम्बर १७, २०१७ मा न्युयोर्कमा सम्पन्न भएर नयाँ नेतृत्व चयन हुनु पर्नेमा निर्वाचन आयोगमा परेको सदस्यता सम्बन्धी उजुरीको कारण महाधिवेशनको बन्द सत्रभित्र महाधिवेशन प्रतिनिधिहरुबीचको केही मतमतान्तरको कारण निर्वाचन आयोगले सदस्यता सम्बन्धी परेको उजरी उपर निर्णय गर्न तत्काल नसकेको हुनाले वर्तमान कार्य समिति तथा आदिवासी अगुवाहरुको सहमतिमा निर्वाचन आयोगले छैठौ महाधिवेशन तत्कालकोलागि स्थगित गरेको निर्णय बन्द सत्र भित्र घोषणा गरेको हो ।

सदस्यता सम्बन्धी विवादलाई समाधान गरेर यसै कार्य समितिको नेतृत्वमा छैठौ महाधिवेशन शीघ्र नै घोषणा गरिने प्रतिबद्धता सदस्य संस्थाहरू, आदिवासी अगुवा नेताहरू तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौ ।

फिप्नाका सभामुख तथा अन्य जिम्मेवार नेतृत्व तहबाट संस्थाको गरिमामा आँच आउने किसिमको कुनै पनि गतिविधिहरू कहीँ कतैबाट आउनु हुन्न भन्ने मान्यता तपाईँ हामी सबैले बुझ्न जरुरी छ । फिप्नाको विधि विधानभित्र रहेर जिम्मेवार व्यक्तिहरूले महाधिवेशनमा प्रस्तुत भएका समस्यालाई जिम्मेवारीपुर्वक समाधान गर्न कार्य समितिलाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।

विधान र सांगठनिक पद्धति भित्र रहेर कानुनवीद तथा अगुवाहरुको सल्लाहमा समस्याको समाधान शीघ्र नै गरिने छ । संस्थाको बृहत्तर हितको निम्ति सम्बन्धित सबैलाई आत्मासंयम रहन समेत अनुरोध गरिन्छ ।

सहयोगको लागि धन्यवाद ।

लुईसाङ वाईवा तामाङ
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *