1

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

461 पटक पढिएको

काठमाडौँ, ४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खङ्गबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा रु १० लाख घूस मागेको अभियोगमा आयोगले प्रक्राउ गरेको थियो ।

म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घूस मागेको आयोगको ठहर छ ।

आयोगको टोलीले शाखा अधिकृत पौडेल र नासु केसीलाई पहिले पक्राउ गरेको थियो भने महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो । आयोगले जनही रु १० लाख बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

आयोगले आजै सिँचाइ डिभिजन कार्यालय कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेलले सेवाग्राहीसँग रु ५० हजार घूस लिँदालिँदै केही दिनपहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

उता आयोगले आजै रु आठ हजार घूस रकमसहित जिल्ला प्राविधिक कार्यालय सिराहामा कार्यरत इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ । एक प्राविधिक प्रतिवेदन बनाउने क्रममा घूस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...