२०८१ वैशाख १३ गते | 25th of April 2024

उम्मेदवारहरुलाई आज चुनाव चिन्ह वितरण

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:५१

एजेन्सी, २२ बैशाख ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई आज निर्वाचन चिन्ह वितरण गर्दैछ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्न लागेको हो ।
अहिले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूले २०७० सालको संविधानसभा निर्वाचनमा जुन निर्वाचन चिह्न पाएका थिए अहिले त्यही निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
आज अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
स्थानीय तहअन्तर्गत पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनको कार्यतालिका अन्तर्गत वैशाख १९ गते मनोनयन दर्ता भएको थियो । २० गते उम्मेदवारी फिर्ताको समय दिइएको थियो । उम्मेदवारी फिर्ता लिएर बाँकी रहेका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *