२०८१ वैशाख १५ गते | 27th of April 2024

डा. उपेन्द्र देवकोटालाई क्यान्सर, गम्भीर अवस्थामा लन्डनमा उपचार हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १९:२६

काठमान्डौं । नेपालका सुविख्यात चिकित्सक डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी पर्नुभएको बुझिएको छ । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउनुभएका डा. देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित हुनुभएको उहाँनिकट सुत्रले जनाएको छ ।

यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा डा. देवकोटाले आफ्नो गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न सक्रियता देखाउनुभएको थियो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उहाँले स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह समेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *