२०८१ वैशाख ११ गते | 23rd of April 2024

कास्कीमा कसले मार्ला बाजी ?

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ४:०८

प्रकाश ढकाल
पोखरा, २२ बैशाख ।
सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति घोषणा गरेको छ । प्रतिपक्षी दलसहितको समन्वयमा बैशाख ३१ र जेठ ३१ गते चुनावको मिति तय गरिएको हो । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ गते चुनाव हुँदैछ । पहिलो मितिमा चुनाव घोषणा भएका तीनै प्रदेशका ३४ जिल्लाबाट स्थानीय तहका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । चुनाव नजिकिँदै गर्दा स्थानीय तहमा कुन पार्टीको जीत होला भन्ने बहस पनि सुरु भएको छ । बिशेषगरी काँग्रेस र माओबादीको बर्चश्व छ, कास्कीमा । एमालेसँग काँग्रेसको डर छ भने काँग्रेसले एमालेलाई प्रमुख दावेदार ठानेको छ । दुवै पार्टीलाई चुनाव जित्नेमा आशंका छ । त्यसैले दुवैले तेश्रो र चौंथो शक्तिको साथ खोजिरहेका छन् । माओबादी केन्द्र र राप्रपालाई आफ्नो पक्षमा पार्ने दुवैको दाउ रहेको बुझिन्छ ।
बिगतका चुनावलाई केलाउने हो भने २०६४ को चुनावमा पहिलो बनेको माओबादी ७० मा तेश्रो बनेको थियो । २०६४ को तेश्रो पार्टी नेपाली काँग्रेस ७० मा दोश्रो पार्टी बनेको थियो । ६४ सालमा दोश्रो हुँदै एमाले ७० मा पहिलो पार्टी बनेको छ । समानुपातिक तर्फको मतगणनामा २०६४ मा ५९ हजार ७ सय ८० मत पाएको माओबादी ७० मा २३ हजार ३ सय १ मतमा खुम्चियो । नेपाली काँग्रेसले ६४ सालमा ४६ हजार २ सय ७८ मत प्राप्त गर्दा एमालेले ५० हजार ८ सय ८१ मत पायो । ७० सालमा एमालेले समानुपातिक मत ५० हजार ५ सय ४० मात्रै पाउँदा काँग्रेसको पोल्टामा ४८ हजार ७ सय ५४ मत थियो । यसरी हेर्दा नेपाली काँग्रेसले पछिल्लो समय समानुपातिक तर्फको मत ६४ मा भन्दा बढाएको छ भने एमालेको यथावत जस्तै छ । राप्रपा र राप्रपा नेपालको मतलाई जोड्दा ६४ मा ५ हजार ६ सय ५५ मत थियो भने ७० मा ९ हजार ५ सय ९९ मत छ । अरु दलको उपस्थिती कास्कीमा बलियो छैन । यद्यपी नयाँ शक्ती पार्टी र संघीय समाजबादी फोरम लोकतान्त्रिकको पनि ठिकै उपस्थिती छ । २०६४ मा माओबादी, काँग्रेस, राप्रपा बाहेकका ४८ दलले १६ हजार ३ सय २९ मत पाएका थिए । २०७० मा अखण्ड नेपालले ६ हजार ९९ मत सहित पाँचौ बनेको थियो भने संघीय समाजबादी पार्टी नेपालले ४ हजार ५ सय १० मत सहित छैठौं पार्टी बनेको हो । अखण्ड र संघीय समाजबादी सहित १ सय १८ दलले २१ हजार ६ सय ९६ मत प्राप्त गरेका थिए ।
विगतका चुनावलाई आँकलन गरेर दुवै ठूला पार्टीले माओबादीसँग सहकार्य गर्ने दाउमा थिए । यद्यपी काँग्रेसले बाजी मारेको छ । प्रत्यक्ष तर्फको मतगणनामा पनि ६४ मा माओबादी पहिलो पार्टी हो भने एमाले दोश्रो तथा काँग्रेस तेश्रो थियो । ७० सालमा एमाले पहिलो र काँग्रेस दोश्रो बन्दा माओबादी तेश्रो तथा राप्रपा र राप्रपा नेपालको संयुक्त पार्टी चौंथो पार्टी बनेको छ । एमाले र काँग्रेसबीचको समानुपातिक मतान्तर जिल्लाभर १ हजार ७ सय ८६ छ । संसदिय चुनाव र स्थानीय तहको चुनाव फरक भएकाले आँकलन गर्न सजिलो भने छैन । यद्यपी पार्टीगत उपस्थितीले काँग्रेस र एमाले झण्डै बराबर अस्थित्वमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *