२०८१ वैशाख १४ गते | 26th of April 2024

प्रधानमन्त्री देउवालाई मोदीको बधाई

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ६ गते १७:३७

काठमान्डौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्रीले आज प्रधानमन्त्री देउवालाई टेलिफोन गरी ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

राससका अनुसार निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *