२०८१ वैशाख १४ गते | 26th of April 2024

पत्रकार कृष्ण शर्मालाई नेजाको बधाई

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ७ गते २०:०७

 बधाई तथा शुभकामना !

नेपाल अमेरिका पत्रकार संघ, नेजाका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण शर्मा अमेरिकास्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भाषाबिज्ञको रूपमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

नेपालमा सात वर्ष दि राइजिगं नेपाल अंग्रेज़ी दैनिकमा उप-सम्पादक, अमेरिकामा दि वासिङ्टन पोस्टमा करिब छ वर्ष पत्रकार र वासिङ्टन डी.सी. स्थित न्याय विभागमा भाषा शास्त्रीको रूपमा क़रीब पाँच वर्ष काम गर्दै हालको जिम्मेवारीमा पुग्न सफल शर्मा भर्जिनियाको फेयरफ्याक्समा बसोबास गर्दछन् । उहाँको नयाँ जिम्मेवारीबाट नेपाल अमेरिका पत्रकार संघ तथा नेपाली समुदाय समेत लाभान्वित हुने विश्वास राख्दछौ ।

तोया दाहाल
महासचिव, नेपाल अमेरिका पत्रकार संघ, नेजा
२२ डिसेम्बर २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *