२०८१ वैशाख ११ गते | 23rd of April 2024

खुल्यो रहस्य : सशस्त्र प्रहरी प्रधान कार्यालयको गोदाममा कसले आगो लगाएका थिए ?

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते १५:२६

काठमाडौं ११ पुस । सशस्त्र प्रहरीको हलचोकमा रहेको प्रधान कार्यालयमा आगो लगाउने सशस्त्रकै हवल्दार भएको खुलेको छ।
पुस ४ गते विहान साढे १ बजे सशस्त्र प्रहरीको प्रधान कार्यालयको स्टोरमा आगो लगाउने हवल्दार रामकृष्ण श्रेष्ठलाई नेपाल प्रहरीले पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो।

उक्त आगलागीमा सशस्त्र प्रहरीका विभिन्न महत्वपूर्ण कागजातहरु तथा जिन्सी सामानहरु जलेर नष्ट भएका थिए। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार अनुसन्धानका लागि सोही शाखामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठले छानबिनका क्रममा आफ्नो संलग्नता स्वीकारेका हुन्।
श्रेष्ठलाई नेपाल प्रहरीले पक्राउ गरी कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त स्वयम्भु पठाइएको छ। आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *