२०८१ वैशाख १३ गते | 25th of April 2024

आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते १३:२२

धनगढी, १२ पुस । आजबाट धनगढीमा आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उदघाटन कैलाली क्षेत्र नम्बर ५ का सांसद नारदमुनि रानाले उद्घाटन गरेका छन ।
प्रतियोगिताको उद्घाटन गर्दै रानाले सात नम्बर प्रदेशलाई खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने दाबी गरे ।

सुदूरपश्चिमाञ्चल गोजुरियो कराते दो संघको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ६ देशका साढे चार सय बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच तथा बंगलादेशका नौ गरी चार सय ६३ खेलाडीले ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि प्रतिस्पर्धा गरिरहेका हुन् । प्रतिोगितामा प्रथम पुरस्कार ५१ हजार, दोस्रो पुरस्कार ३१ हजार र तेस्रो पुरस्कार २१ हजार रुपैयाँ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *