२०८१ वैशाख ८ गते | 20th of April 2024

मोरङमा एक बर्ष यता ४३ जना बालिका बलात्कृत

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते १३:४५

विराटनगर, १२ पुस । पछिल्लो समय बलात्कारका घटनाहरु दिनानुदिन बढदै गएको तथ्याङकले देखाएको छ । तथ्याङले देखाए अनुसार अधिकांश बालिकाहरु बलात्कारको सिकार हुन पुगेको देखाएको छ ।
मोरङ जिल्लामा मात्र गएको एक बर्ष यता ४३ जना बालिका बलात्कृत भएको तथ्याङ सार्वजनिक भएको छ । जिल्लामा ५६ वटा बालात्कारका घटना भएकोमा ४३ जना बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा ईन्सेकले सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको तथ्यांक सार्वजनिक गर्दै बालात्कारको घटना भयावह रहेको जनाएको हो । बलात्कार प्रयासमा २१ वटा घटना भएका छन् । त्यस्तै घरेलु हिंसामा २१ वटा घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *