२०८१ वैशाख ८ गते | 20th of April 2024

गाउँलेसँग सीम

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २३ गते २:४६

पोखरा , २३ बैशाख ।
पोखरा–लेखनाथ वडा नम्बर २० मा नेकपा एमालेका तर्फबाट उम्मेवार बनेका सिम गुरुङ्गले साविकको भलाम वडा नम्बर १, २ र ६ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा उनले स्थानिय अगुवाहरु, पूर्व वडाध्यक्ष, समाजसेवी, शिक्षक लगायतसंग अन्र्तक्रिया समेत गरेका थिए । त्यस क्रममा स्थानियहरुले आफुहरुको समस्याका बारेमा उम्मेदवार गुरुङ्गलाई अवगत गराएका थिए । वडा नम्बर १ स्थित कालिखोलामा र्यालचौर र भलाम जोड्ने पक्कि पुल, जेठे बुडो धान फल्ने खेतमा सिंचाई समस्या, बाटोेको असुविधा लगायतका समस्या रहेको उनीहरुले बताएका थिए । त्यसैगरि पिकनिक स्पटको सम्भावना रहेपनि त्यसको विकास हुन नसकेमा उनीहरुले गुनासो पोखेका थिए ।
त्यसैगरि वडा नम्बर २ भलाममा रहेको फुटवल मैदानको मर्मत सम्भार गरिनुपर्ने,  नजिकैको फाँटमा सिंचाईको व्यवस्था गर्न सके तरकारी खेतीको सम्भावना रहेको पनि उनीहरुले उम्मेदवार गुरुङ्ग सामु राखेका थिए । तरकारी उत्पादन गर्न सकिए बजार पनि नजिकै रहेकाले आय आर्जनको राम्रो बाटो निस्कने उनीहरुले बताएका थिए । उम्मेदवार गुरुङ्गले आँफु घरदैलोमा जाँदा चुनावी घोषणा पत्रमा समेटिएका भन्दापनि फरक समस्याहरु देखिएको बताए । आफु सो वडावाट निर्वाचित भएका आफ्नों चुनावि घोषणामा जे जे समेटिएको भएपनि गाउँका समस्याहरुलाई प्राथमिकतामा राखेर विकास निर्माण कार्य अघि बढाउने प्रतिवद्धता जाहेर गरेका थिए । मौजा र भलाम मिसाएर बनेको वडा नम्बर २० मा कूल ३ हजार ६५ मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *