२०८१ वैशाख १२ गते | 24th of April 2024

५० लाख माग्छन अनमोल, झरना भन्छिन दिन सक्दिन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते २०:४८

काठमाण्डौ – दर्जनौ हिट फिल्मकी नायिका झरना थापाले ‘ए मेरो हजुर २’ बाट फिल्म निर्देशनमा पनि डेब्यु गरिन् । यो फिल्म सुपरहिट भयो । आफ्नो निर्देशनमा बनेको डेब्यु फिल्म नै हिट हुँदा झरना अहिले फुरुंग छिन् । चाँडै ‘ए मेरो हजुर’को तेस्रो सिक्वेल र ‘भागवत गीता’ नामक फिल्म निर्माण र निर्देशनको तयारीमा रहेकी झरनाले नायक अनमोल केसीलाई ५० लाख अफर गरेको खबरले यतिबेला सिनेवृत तरंगीत बनेको छ ।

उनका पति तथा निर्माता सुनिल कुमार थापाले ५० लाखको चेकसहित अनमोल निवाश पुगेको स्रोत बताउँछ । तर, यो कुरामा यर्थाथ नभएको झरना बताउँछिन् । ‘ए मेरो हजुर २’ को प्रिमियरका लागि बुधवार अष्ट्रेलिया उड्ने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै झरनाले अनमोललाई ५० लाख अफर नगरिएको स्पष्ट पारिन् । उनले भनिन्, ‘मैले र सुनिल कुमार थापाज्यूले अनमोलाई ५० लाख अफर गरेका होइनौं । वितरक मनोज राठीको तर्फबाट चाहिं हामीलाई यो प्रस्ताव आएको थियो ।’

यदी अनमोलले फिल्म खेल्न मागेको खण्डमा ५० लाख तिर्न तयार हुनुहुन्छ ? विमानस्थलमा दर्जनौ सञ्चारकर्मीमाझ घेरिएकी झरनाले अगाडि भनिन्, ‘म अनमोललाई ५० लाख त दिन सक्दिनँ । मैले फेसबुकमा पनि यो कुरा भनिसकें । यो मेरो सोचको भन्दा फरक कुरा हो ।’ झरनाले यसअघि नायक सलिनमान बनियाँको ठाउँमा अनमोललाई ‘ए मेरो हजुर २’ अफर गरेको ठूलै हल्लाखल्ला थियो ।

झरनाले नेपालमा रुचाइएको फिल्मलाई अष्ट्रेलियामा बस्ने नेपालीहरुले पनि मनपराउनेमा विश्वस्त रहेको बताइन् । प्रियिमरका लागि झरनासँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अष्ट्रेलिया उडेकी छिन् । ‘ए मेरो हजुर २’मा सलिन, साम्राज्ञी, सलोन बस्नेत लगातयका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *