२०८१ वैशाख १४ गते | 26th of April 2024

नारायणगढ मुग्लिन सडक रातको समयमा ६ घण्टा वन्द हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते २१:५०

चितवन । निर्माणधिन नारायणगढ मुग्लिन सडकखण्डलाई रातको समयमा वन्द गरिने भएको छ । कामको गतिलाई बढाउन भन्दै पुस १८ गतेदेखि राति १० बजेबाट विहान ४ बजेसम्म सडकखण्ड वन्द गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको आयोजना प्रमुख र ठेकेदारसहित वसेको बैठकले राति ६ घण्टा सडक वन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको हो । दिउँसो कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले राति वत्तिको प्रवन्ध मिलाएर काम गर्ने सहमति भएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।

पुस १८ गतेपछि दिउँसोको समयमा एकाध घण्टा सडक बन्द गरेर पिचको काम गर्ने सहमति भएको छ । ‘रातको समयमा पिच गर्ने काम जाडोको कारणले हुँदैन’ आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने, ‘पिचको काम दिउँसो र कटिङको काम राति गर्दछौं ।’

प्रमुख जिल्ला अधिकारी भट्टले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवलाई बैठकमा नै बोलाएर कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक लाइटको प्रवन्ध गर्न निर्देशन दिएका छन् ।

सडकखण्डको १६ किलोभन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । प्राधिकरणका यादवले भोलि बिहीबार नै स्थलगत अवलोकन गरी आवश्यक वप्रवन्ध मिलाउने प्रतिवद्धता जनाएका छन् ।

रातको समयमा कटिङको काम गर्न ठेकेदार कम्पनीहरु अनइच्छुक देखिएका थिए । प्रमुख जिल्ला अधिकारी भट्टले वत्तिको व्यवस्था हुने भन्दै काम गर्न निर्देशन दिएका छन् ।
उनलेसवारी साधन विगि्रएर २० मिनेटभन्दा बढि सडक बन्द भए कारवाही गरिने चेतावनी दिएकबाछन् ।

नारायणगढ मुग्लिन सडकखण्डको ६७.६७ प्रतिशत काम सम्पन्न भएको छ । आँपटारीदेखि दासढंुगासम्मको निर्माणको जिम्मा पाएको भारतीय बिएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुपि्रम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकाएको छ ।

सबै ठेक्काको म्याद फेब्रुअरी २० मा सकिँदैछ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले चैत्र महिनाभित्र एकसरो पिच गर्ने गरी म्याद थप गरिने जानकारी दिए । विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक निर्माणको काम थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *