२०८१ वैशाख १३ गते | 25th of April 2024

टिपिएस नविकरणको लागी सामुदायीक अगुवाको कांग्रेसवुमन मेंगसंग आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते २२:२८

किरण मरहठ्ठा, न्यूयोर्क । न्यूयोर्कका कम्यूनीटी बोर्ड सदस्य मोहन ज्ञवालीको नेतृत्वमा गएको नेपाली समुदायको अगुवाहरुले टिपिएस सुविधा नविकरणको लागी पहल गरिदिन अमेरिकी कांग्रेसवुमन ग्रेस मेंगसंग अनुरोध गरेको छ ।

अमेरिकाले नेपालकै प्रकृतिको संकटमा टिपिएस सुविधि प्राप्त गरेका हैटि लगायतका मुलुकका टिपिएस नविकरण नगर्ने बताइरहेको अवस्थामा नेपाली समुदायका अगुवाहरुले कांग्रेसवुमन म्यांगको न्यूयोर्कस्थित कार्यलयमा बिहिवार विशेष छलफल गरेको हो । सो अवसरमा डा. तारा निरौला, मोहन ज्ञवाली र अधिकारकी संयोजक नर्बदा क्षेत्रीले टिपिएस सुविधाले नेपालीलाइ दिएको आर्थिक समाजीक महत्वको बारेमा जानकारि दिदै नविकरणको लागी बिशेष पहल गरिदिन अनुरोध गर्नुभएको थियो । गैरआवसिय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामाले भूकम्प पिडितको बर्तमान अवस्था र टिपिएसग्राहिको अवस्थावारे एनआरएनए अमेरिकाको एक प्रतिवेदन हस्तान्तर गर्नुभएको थियो ।

नेपालीको घना आवादि भएको क्षेत्रलाइ प्रतिनिधित्व गर्ने मेेंगले टिपिएसको नविकरणको लागी आफु र आफ्नो पार्टि डेमोक्रयाट सधै सकारात्मक रहेको जानकारि दिनुभयो ।

नेपाली समुदायको योगदानलाइ आफुले सधैँ उच्च मूल्यांकन गरेको बताउदै वहाँले सदनमा आफ्नो पार्टिको बहुमत नभएकोले रिपब्लिकन पार्टिका सांसदहरुलाइ पनि आग्रह गर्न सुझाव दिनु भयो, “नेपालको टिपिएस नविकरणको लागी हाम्रो पार्टि सकारात्मक छ तर सदनमा बहुमत भएकोले रिपब्लिकन सांसदहरुसंग पनि अनुरोध गर्नुहोस,” वहाँले भन्नुभयो । मेंगले होमल्याण्ड सेक्यूरिटीका अधिकारीहरु टिपिएस नविकरण गर्ने मनस्थितिमा नरहेको खुलासा गर्दै थपिन् “यस्तो अवस्थामा तपाइहरुले दबाब बढाउनु जरुरी छ ।”

भेटमा नेपाली समुदायलाइ अमेरिकाको समाजीक राजनीतिक मुलधारमा सहभागी गराउन मेंगले खेल्न सक्ने भूमिका र आप्रवासी मैत्री मानिएको ड्रिम्म एक्टको बारे पनि छलफल भएको थियो । छलफलमा एनआरएनए अमेरिकाका सदस्य संजय थापा, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, गोर्खाली समाजका खललाल भट्ट, संचारकर्मी शैलेस श्रेष्ठ, अक्रुर लुइटेल र किरण मरहठ्ठाको उपस्थिति थियो ।

सो अवसरमा ज्ञवालीले मेंगलाइ नेपाली राष्ट्रिय झण्डा उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *