२०८१ वैशाख १४ गते | 26th of April 2024

यी हुन् विवेकशीलहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते २३:१९

काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश ३ बाट समानुपातिकतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन सांसदको नाम टुंगो लगाएको छ। विवेकशील साझाको केन्द्रीय समिति बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका तीनजना प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो।

विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यका अनुसार रमेश पौडेलको नेतृत्वमा शोभा शाक्य र विराजभक्त श्रेष्ठलाई प्रदेश ३ को प्रदेशसभामा पठाउने निर्णय गरेको हो। प्रदेशसभा सदस्यको नाम टुंगो लागे लगत्तै तीनैजनाको नाम निर्वाचन आयोगमा पठाइएको आचार्यले जानकारी दिए।

विवेकशील साझाले प्रदेश नम्बर ३ का १३ जिल्लामा प्रदेशसभातर्फ समानुपातिकमा एक लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो। यही मतका आधारमा उसले प्रदेशसभामा तीन सिट पाएको हो।

रमेश पौड्याल :

रमेश पौड्यालले विवेकशील साझा पार्टीलाई प्रदेश ३ को प्रदेशसभामा पार्टीको संसदीय दलको नेतृत्व गर्दै छन्। ३९ वर्षीया पौड्याल विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन्। पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन्।

शोभा शाक्य :

स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी शाक्यले सम्मानजनक मतसहित दोश्रो स्थान हासिल गरेकी थिइन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित शाक्यले विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेकी छन्। महिला उत्थान र शसक्तिकरणमा बिभिन्न भूमिका खेलेकी शाक्य बुद्ध शिक्षाबाट विशेष प्रभावित छिन्। शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन्।

विराज भक्त श्रेष्ठ :
काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्। उनी सानै उमेरदेखि सामाजिक काममा सक्रिय थिए। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका कामहरुमा आवद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न संघ–संस्थामा व्याबस्थापकका रूपमा पनि नेतृत्व गरेका छन् अन्नपूर्णमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *