२०८१ वैशाख १४ गते | 26th of April 2024

‘टाइगर जिन्दा है’ ले तोड्यो रेकर्ड, यस्तो छ आम्दानी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते ५:११

मुम्बई । क्रिसमस र नयाँ वर्षको मौका छोपेर रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्‍दा है’ ले बक्स अफिसमा एक नयाँ रेकर्ड बनाएको छ ।

फिल्मको पहिलो दिनको आम्दानी सुनेर तपाईँ पनि चकित पर्नुहुन्छ । सन् २०१७ मा सलमान खानको यस फिल्मका अलावा कुनै पनि अन्य फिल्महरुले यति धेरै कमाई गरेकै छैनन् । मिडिया रिपोर्टका अनुसार ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा करिब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, यो कुराको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

सुरुवाती रिपोर्ट अनुसारक आँकडा कायमै रहिरह्यो भने सलमानले बक्स अफिसलाई नयाँ सालको उपहार अहिलेबाटै दिएको मान्न सकिनेछ ।

तर पनि सलमानको यो फिल्मले कतिको असर छाड्न सक्छ भन्ने कुरा यो सातापछि थाहा हुनेछ । फिल्ममा को-स्टार क्याटरिना कैफ पाकिस्तानी आईएसआई एजेन्टको भूमिकामा छिन् । यस फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *