२०८१ वैशाख ७ गते | 19th of April 2024

प्रधानमन्त्री देउवाले भने, ‘सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु’

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १४:२९

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताए ।

तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै उहाँले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *