२०८१ वैशाख ७ गते | 19th of April 2024

मोबाइलमा यी एप्लिकेशन छ भने हटाइहाल्नुस, चोरी होला फोन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १८:४०

गुगलले एउटा यस्तो एप को बारेमा थाहा पाएको छ जसले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताहरु को स्मार्टफोनबाट जानकारीहरु चोर्ने गर्दछ ।

Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्ने गर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले पत्तै पाउँदैनन् ।

गुगलले एक ब्लग पोष्टमार्फत उक्त एपका विषयमा खुलासा गरेको छ ।

गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा स्पाईवेयर अर्थात् जासूस भाइरस इन्स्टल गरिदिन्छ ।

गुगल प्ले प्रोटेक्ट सेक्योरिटीको टिमले यस एपको बारेमा गत सेप्टेम्बर महिनामा जानकारी प्राप्त गरेको थियो ।

गुगलले यस एपलाई प्ले स्टोरबाट हटाइसकेको छ र अन्य सबै प्रभावित डिभाइसलाई यस बारेमा सूचना पनि पठाएको छ । कम्पनीले यस एपका डेभलपरको अकाउन्ट पनि निलम्बन गरेको छ ।

Tizi को सुरुवाती भर्सनमा मोबाइलका डाटा चोर्ने रुटिंग क्षमता नभएतापनि पछिल्लो भर्सनले मोबाइल डिभाइसबाट संवेदनशील डाटा चोर्न सुरु गरेको गुगलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *