२०८१ वैशाख १३ गते | 25th of April 2024

काँग्रेसका ७ प्रभावशाली नेता उत्रिए मैदानमा, केन्द्रीय समिति र महासमिति वैठकको गरे माग

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते २०:०९

काठमाडौं। नेपाली काँग्रेसका  ७ जना प्रभावशाली केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन्। वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरुले एक लिखित बक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेल र बद्रि पाण्डेले संयुक्त वक्तव्य निकाली केन्द्रीय नेतृत्वलाई केन्द्रिय समिति वैठक र महासमिति वैठक बोलाउन माग गरेका हुन्।

निर्वाचनका सन्दर्भमा खडा अनेक प्रश्नहरुको हल खोज्न तथा नयाँ चुनौतीहरुको सामना गर्न पनि आत्मचिन्तन र विशेष तयारीको जरुरी रहेको जनाउँदै वक्तव्यमा यसका लागि पार्टीभित्र वृहत्तर एकताको आवश्यकता समेत औंल्याएका छन्।  ३ पेज लामो वक्तव्यमा नेताहरुले आफूहरुसँगै काँग्रेसलाई पनि वदल्ने संकल्प समेत लिएका छन्।  उनीहरुले पार्टीका आधिकारीक फोरमहरुमा छलफल चलाउनका लागि वैठकको माग वक्तव्य मार्फत गरेका छन्। 

‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन ? पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन ? निर्वाचन दौरानमा प्रतिपक्षहरूको लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?’ सात नेताले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता पेचिला प्रश्नको जवाफ खोज्नका लागि पनि तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन आवश्यक छ ।’

नेताहरूले पार्टीभित्र आपसी द्वेष, गुटगत भावना, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सुदृढ र आधुनिक काँग्रेसको बलियो आधारशिला खडा गर्न सबैले संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, काँग्रेसलाई बदल्ने छौं’ नेताहरूले भनेका छन्, ‘राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने छौं ।’

नेपाली काँग्रेसको महाधिवेशनको समयमा अलगअलग कित्तामा उभिएका काँग्रेसका यि सात प्रभावशाली नेताहरु एक ठाउँमा उभिएर पार्टीको वृहत्तर हितको लागि आवाज उठाउँदै गर्दा यसले काँग्रेस वृत्तमा फरक पार्छ भन्ने आँकलन शुरु भएको छ। महाधिवेशनका बेलामा भण्डारी देउवा समुहमा थिए भने पौडेल समुहमा थिए। शर्मा देउवा समुहमै थिए भने घिमिरे पौडेल समुहमा थिए। थापा र पौडेल सिटौला समुहमा थिए भने पाण्डे पौडेल समुहमा थिए।

निर्वाचनको नतिजा पछि भने सबै नेताहरु गुट निरपेक्ष भएर पार्टी हितका लागि लाग्ने भन्दै अभियानमा जुटेका छन् हाम्राकुराले लेखेको छ ।

वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छः 

No automatic alt text available.

No automatic alt text available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *