२०८१ वैशाख १४ गते | 26th of April 2024

यस्ता छन सात प्रदेशका राजधानीहरु :

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते २०:३८

काठमान्डौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । भौतिक पूर्वाधारका आधारमा यी अस्थायी मुकामहरु तयार गरिएको छ ।

प्रस्ताव अनुसार :
प्रदेश नंं १ को विराटनगर,
प्रदेश नंं २ को जनकपुर,
प्रदेश नंं ३ को भक्तपुरको ठिमी,
प्रदेश नंं ४ को पोखरा,
प्रदेश नंं ५ को दाङ,
प्रदेश नंं ६ को सुर्खेत र
प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *