२०८१ वैशाख ८ गते | 20th of April 2024

यो जाडोमा पनि पाएनन, लाप्राकीले घर

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते २१:०१

नरेन्द्र ढकाल, गोरखा । भुकम्प पछिको तेश्रो बर्ष बित्न लाग्दा पनि लाप्राकका भुकम्प पिडितले नयाँ घर नपाउने निश्चित भएको छ । गैर आवासिय नेपाली संघ एनआरएनले लाप्राकको गुप्सी पाखामा एकिकृत बस्ती बिकासको मोडलमा लाप्राकमा घर निर्माण गरिरहेको छ । तर उक्तकार्य सुस्त हुँदा यस वर्षको जाडो पनि त्यहाँका पिडितले अस्थायी टहरामै कटाउनु पर्ने भएको हो ।

‘उहाँको कामनिकै सुस्त छ, यस्तै चालले त हामीले अहिले मात्र होइनअर्को जाडो सम्म पनि घर पाउँदैनौं जस्तो छ’ स्थानीय मार्सिङ गुरुङले भने । स्थानीयले पटक/पटक एनआरएनका नेतृत्वलाई पनि छिटो घर बनाइदिन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेको आरोप लगाएका छन् । ‘पहिले भन्दा काम निकै स्लो छ, अहिलेका अध्यक्षलाई फोन गरेर पनि भन्यौ म आएर बुझ्छु भनेको धेरै भयो अहिले सम्मआउनु भएको छैन्’ गुरुङले भने ।

लाप्राक कै स्थानीय समेत रहेका धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङलाई पनि एनआरएनको काममा शंका छ । ‘कामनिकै ढिलो छ, तलो भन्दा माथि के गर्ने अझै फाईन भाको छैन’ नयाँ अध्यक्ष सँग छलफल गरेर छिटो घर निर्माण सक्ने आफ्नो योजना रहेको गुरुङले बताए । ‘नयाँ अध्यक्षसँग भेटेर सबै कुरा गर्ने भनेको समय पाको छैन्, हामी छिटो घर बनाउन दबाब दिइरहेका छौ ।’ अहिले सम्म लाप्राकमा २ वटा नमुना घरको मात्र निर्माण कार्य सकिएको छ ।

७५ वटा घरको छाना छाइएको एनआरएनका कार्यक्रम प्रबन्धक दिपेश सिंहले बताए । त्यस्तै १२० घरको लिन्टल राख्ने कामभएको छ भने ३०५ वटा घरमा झ्याल राख्ने तयारी भईरहेको सिंहले बताए । ३१४ घरको भने अहिले पनि जग खन्ने डिपिसी गर्ने लगायतका काम भइरहेको छ । ‘हामी काम गरिरहेका छौ, मौसमले अलि साथ दिइरहेको छैन्’ उनले भने । लाप्राकको गुप्सी पाखामा चिसो बढेपछि त्यहाँ आवश्यक इन्टर लकिङ ब्लक निर्माणको काम रोकिएको छ ।

तर केही ब्लक स्टक रहेकाले तत्काल भने समस्या नहुने उनले बताए । ‘ब्लक सेटिङका लागि आवश्कय टेम्परेचर छैन्, त्यसैले ब्लक बनाउन सकेका छैनौं, तर अहिले काम भइरहेका घरका लागि पुग्ने स्टक नै छ ।’ एनआरएनले भुकम्पको केन्द्रबिन्दु बारपाक सँगै जोडिएको लाप्राकका ५ सय ७३ घर निर्माणको जिम्मा लिएको हो ।

सम्झौता गर्दा भनिए अनुसार अहिले सम्म घर निर्माणको काम सक्नु पर्ने भएपनि आगामी असार मसान्त भित्र काम सक्ने एआरएनको दाबी छ । घर बन्न ढिलाइ भएपछि लाप्राक भुकम्प पिडित भने तल गाउँ मै अस्थायी संरचना बनाएर बसिरहेका छन् । गुप्सी पाखामा हरेक वर्ष जाडोमा हिउँ पर्नेगर्छ । हिउँ परेपछि पुर्ननिर्माणको काम पुर्ण रुपले ठप्प हुन्छ । जाडो सकिनु अघि त्यहाँको कामले गतिलिनेमा स्थानीयले नै आशंका व्यक्त गरिरहेका छन् । लाप्राक भूकम्प अघि पनि पहिरोले जोखिममा रहेको बस्ती हो ।

अन्य क्षेत्रमा जस्तै त्यहाँ पनि पुर्ननिर्माणले गति नलिदा पिडितको विचल्ली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *