२०८१ वैशाख ७ गते | 19th of April 2024

बढी बलात्कार हुने विश्वका ५ देश

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १९ गते ०:०८

मानिसहरु कम पढे–लेखेको भएको देशमा बलात्कारको घटना बढी हुने जनविश्वास छ । तर, यस्तो सोच्नु गलत हो । एक आँकडाका अनुसार अमेरिका देखि न्युजिल्याण्डजस्ता देशमा समेत महिला सुरक्षित छैनन् । हामी तपाईंलाई विश्वका ५ देशबारे जानकारी दिन गइरहेका छौँ जहाँ सबैभन्दा बढी बलात्कारका घटना हुने गर्छन् ।

१. साउथ अफ्रिकाः विश्वमा सबैभन्दा बढी बलात्कार साउथ अफ्रिकामा हुने गर्छ । त्यहाँ वर्षमा करिब ५ लाख महिलालाई बलात्कार गरिन्छ । जहाँ ९ मध्ये केवल १ मा बलात्कारको घटना रेकर्डमा दर्ता हुने गर्छ । मेडिकल रिसर्ज काउन्सिलद्धारा जारी रिपोर्टका अनुसार साउथ अफ्रिकाका ४० प्रतिशत महिला आफ्नो पुरै जीवनमा बलात्कारको शिकार हुने गर्छन् ।

अझ खास कुरा त केछ भने त्यहाँ महिलामात्र नभएर पुरुष पनि बलात्कारको शिकार हुने गर्छन् । रिपोर्टका अनुसार त्यहाँका ४ प्रतिशत पुरुषलाई अर्को पुरुषसँग सम्बन्ध राख्न दबाब दिइन्छ । यसबाहेक त्यहाँका ४१ प्रतिशत बालबालिका बलात्कारको शिकार हुन्छन् । जसमध्ये ५० प्रतिशत १८ वर्षभन्दा पहिले नै बलात्कारमा परिसकेका हुन्छन् ।

२. स्वीडेनः साउथ अफ्रिका पछि धेरै बलात्कार हुने देशको सूचीमा स्वीडेन पर्छ । त्यहाँका ४ मध्ये १ महिला बलात्कारको शिकार हुने गर्छन् ।

३. अमेरिकाः जर्ज मेसन युनिभर्सिटीको सेक्शुअल असाल्ट स्टेटिस्टिकका अनुसार ३ मा १ अमेरिकी महिला आफ्नो पुरै जीवनमा यौन शोषण झेल्ने गर्छन् ।

४. इग्ल्याण्ड र वेल्सः यहाँको कानुन बलात्कारको घटनामा फरक छ । यहाँ बलात्कारी केवल पुरुषमात्र हुन सक्छन् । महिलाका लागि यसमा कुनै सजायको व्यवस्था छैन । यहाँ हरेक वर्ष ७३ हजार महिला र १२ हजार पुरुष बलात्कारको शिकार हुने गर्छन् ।

५. भारतः नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार २०१० को तुलनामा भारतमा बलात्कारको घटनामा ७.५ प्रतिशतले बृद्धी भएको छ । बलात्कारमा पर्नेमा १८ देखि ३० वर्षीया महिला रहेका छन् । ३ मध्ये एक १८ वर्ष भन्दा कम उमेर र १० मा एक १४ वर्षभन्दा कम उमेर भएका यसको शिकार हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *