२०८१ वैशाख १२ गते | 24th of April 2024

त्यो नभए’सी !

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २२ गते १९:२३

गोकुल ढकाल
लस एन्जलस ।

आफ्नाहरू टाढा हुन्छन्, नाता टुट्दै जान्छ,
हात रित्तो हुदैं जान्छ, यहां त्यो नभए’सी,

कथाहरू लेखिन्छन्, कबिताहरू कोरिन्छन्,
बबिताहरू रिसाउंछन्, त्यो नभए’सी ।

ताप्के सुक्छ, कराइ डढ्छ, कसौडीको के हाल ?
चामल पनि भुसुन हुन्छ, त्यो नभए’सी,

चाहहरू मर्दारहेछन्, सपनाहरु झर्दारहेछन्,
हेला सबले गर्दारहेछन्, त्यो नभए’सी ।

सुन पित्तल हुंदोरैछ, सम्झि मन रुदोंरैछ,
बचनले छुदोंरैछ, यहां त्यो नभए’सी ।

झुपडी चुहिंदोरैछ, खुपडी नि कुहिंदोरहेछ,
आशाहरू तुहिंदोरहेछ, त्यो नभए’सी !

आफ्नाहरू टाढा हुन्छन्, नाता टुट्दै जान्छ,
हात रित्तो हुदैं जान्छ, यहां त्यो नभए’सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *