२०८१ वैशाख १२ गते | 24th of April 2024

तिब्बतको सोलारले पोखरा झिलिमिली

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते २:४४

पोखरा, २५ बैशाख ।
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखराको सडकमा जडान गरिदिएको सौर्य बत्ती महानगरपालिकालाई हस्तान्तरण गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाको लेकसाइड स्थित हल्लनचोकदेखि बिजयपुर सम्मको सडकमा जडान गरिएको १ हजार सौर्य बत्ती आइतवार औपचारिकरुपमा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सौर्य बत्ती जडानका लागि तत्कालिन पोखरा उपमहानगरपालिका र तिब्बत स्वयत्त प्रदेश, चीनको विचमा २०७३ कार्तिक ८ गते भएको सम्झौता अनुसार १५ करोड रुपैया लागतको सौर्य सडक बत्ती जडान गरिएको हो ।
सौर्य बत्ती हस्तान्तरण कार्यक्रममा नेपालस्थित चिनिया राजदूत यु होङ ले पोखराको विकासका लागि आवश्यक पूर्वाधारमा लगानी गर्न चीन तयार रहेको बताइन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण हुने भन्दै ढुक्क रहन आग्रह समेत गरिन् ।तिब्बत स्वयत्त प्रदेशका विदेश विभाग प्रमुख माकुन्सिङ्गले सौर्य बत्ती जडानले पोखरा र तिब्बत सरकारबीचको सम्बन्ध मजबुद बनाएको बताए ।
महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले चीन सरकारबाट जडान भएको सौर्य सडक बत्तीको नियमित रेखदेख मर्मत र दिर्घकालिन ब्यवस्थापनमा ध्यान दिने बताए । उनले आगामी दिनमा पनि सहयोग रहने विश्वास ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *