२०८१ वैशाख ७ गते | 19th of April 2024

फेसबुकको विकल्प बन्न सक्छ सगुन

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ३ गते ९:१७

काठमाडौं। सामाजिक सञ्जालको दुनियाँमा एकछत्र राज गर्दै आएको फेसबुक अहिले अनेक आलोचनाको शिकार बन्दै आएको छ। विशेषगरि अमेरिकी चुनाव तथा त्यससँगै संसारभर विभिन्न अफवाह फैलाउने तथा फेक न्यूजको प्रसार बढाउने कुरामा फेसबुकको प्रयोग बढ्दै जाँदा यो प्लेटफर्मको संसारभर आलोचना भयो। आफ्नो बारेमा संसारभर भइरहेका आोलचनाको बारेमा फेसबुक जानकार नै थियो। उसले यो कुरा वाहिर ल्याउने आँट मात्र गर्न सकेको थिएन।

सामाजिक सञ्जालका प्लेटफर्महरु परिवार, साथीभाई, इष्टमित्र र आफन्तहरुमा भावना र कुराकानी शेयर गर्ने अभिप्रायले बनाइएपनि यसमा समस्या र विकृतीहरु धेरै देखिए। यसले समाजलाई पनि गलत बाटोतर्फ प्रेरित गरेको टिप्पणी संसारभर भइरहेको थियो। आफूले प्रयोग गरेको प्लेटफर्ममा आएका कुरा कुन सहि हो वा कुन गलत हो सामाजिक सञ्जालका प्रयोगकर्ता झुक्किने अवस्था भयो। त्यसकारण पनि फेसबुक जस्ता सामाजिक सञ्जालका मञ्चलाई ‘ फेकबुक ‘  जस्ता नामाकरण हुन थाल्यो।

फेसबुक जुन समयदेखि आक्रामक रुपमा विस्तार हुँदै थियो त्यहि समयदेखि यसमा विकृती र समस्याहरु देखिदै गएका थिए। सामाजिक सञ्जालले मानिसलाई सेलिव्रेटी बनाउँदै लगेको थियो। हरकोही ‘सेलिब्रेटी’ हुन लालायित थियो। आफूले पोष्ट गरेका तस्विर, भिडियो र स्टाटस लगायतका कन्टेन्टमा आएका कमेण्ट र लाइकमा मख्ख पर्ने थोरै लाइक र कमेन्ट हुँदा चिन्ता गर्ने प्रयोगकर्ताहरुको मनोविज्ञान नै बनेको थियो। थाहै नपाइकन फेसकुबले मानिसलाई सेलिव्रेटीको स्वरुपमा ढालिदिएको थियो। तर यसले मनोवैज्ञानिक रुपमा समाजलाई नै भ्रमित गरिरहेको धेरैले विस्तारै बुझे पनि शुरुमा यसलाई बुझ्ने कमै थिए। बरु सबै यसमा रमाइरहेका थिए। कनेक्सनको नाममा थुपारिएको र लादिएको ‘ओभरलोडेड’ प्रचार तथा कुप्रचार लिन प्रयोगकर्ता वाध्य थिए।

सामाजिक सञ्जालको क्षेत्रमा देखिएको यो समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर एक व्यक्ति अमेरिकामा बसेर सोचिरहेका थिए। फेसबुकको साम्राज्य वढ्दै गएको बेला फेसबुक लगायतका सामाजिक सञ्जालले ल्याएको विसंगतीको बारेमा सोच्दै प्रयोगकर्ताको बीचमा रियल कनेक्सन दिलाउन सकिने सोचका साथ गोविन्द गिरीले सामाजिक सञ्जालको क्षेत्रमा नयाँ प्रयोग गर्दै सगुनको संस्करण शुरु गरे। फेसबुक लगायतका सञ्जाललाई चुनौति दिदै नयाँ सञ्जाल शुरु गर्ने कामलाई धेरैले पागलपनको संज्ञा दिए। अझै पनि नपत्याए झै गरेर खिसीमा उडाउनेहरु पनि छन्। तर स्वयं फेसबुकले आफैलाई सच्याउँदै लगेको घोषणाले विकल्पको रुपमा सिर्जना गरिएको सगुन अर्थपूर्ण रहेछ भन्ने एकपटक फेरि प्रमाणित भएको छ।

अमेरिकामै फेसबुककै विकल्प सगुन बन्न सक्छ भनेर काम गरिरहेका बेला गिरीलाई मार्क जुकरवर्गले यति चाँडै आफ्नो नीतिमा परिवर्तन ल्याउला भन्ने लागेको थिएन। तर आम प्रयोगकर्ता भने विस्तारै यसबाट सिफ्ट हुन्छन भन्ने अनुमान थियो।

थोरै जुटाइएको लगानी, थोरै साधनस्रोत र जनशक्तिको बीचबाट आफ्नो नविनतम सोचलाई उतार्न गिरी कस्सिएका थिए। सामाजिक सञ्जालका विकृती र समस्याहरुलाई कम गर्दै आफ्ना प्रिय तथा निकटहरुसँगको वास्तविक सम्वन्धलाई ‘ भर्चुअल  ‘ तरिकाले जोड्ने प्रयास थियो सगुन। यसले कुनै पनि प्रयोगकर्तालाई ‘सेलिब्रेटी’ बनाउने सोच राखेको थिएन नत कुनै न्यूज फिडलाई शेयर गर्ने अप्सन दिएको थियो।

एकातिर फेसबुक लगायतका ठूला सामाजिक सञ्जालहरुको दवदवा अर्कातिर सिमित सधान स्रोतको बीचबाट सगुन आफ्नो बारेमा धेरै भन्न सक्ने अवस्थामा थिएन। जुन अहिलेपनि उसका लागि सहज छैन। तर उपभोक्ताहरु नयाँ स्वाद खोजिरहेका छन्। फेसबुकका विसंगतीबाट एक किसिमले वाक्क भएका छन्। कुन सत्य हो कुन झुटा हो भन्ने भ्रममा परेका छन्। ज्ञानको विस्तार भन्दा पनि भ्रम र मिथ्या कुराको भ्रममा परिरहेका छन्। यहि कुरालाई हटाउँदै सगुन ‘ नलेज सेयर ‘ गर्ने सोचबाट अगाडी आएको छ।

सगुनले २०१८को शुरुवातमै भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो एन्ड्रोइड भर्सनको एप्स सार्वजनिक गर्‍यो। वलिउडकी कलाकार श्रद्धा कपुरले यसको शुभारम्भ गरिन्। सामाजिक सञ्चालको शुरुवात गर्दा उनले एक प्रश्न सगुनका संस्थापक गोविन्द गिरीलाई सोधिन। प्रयोगकर्तालाई फाइदा हुने यस्तो राम्रो सोच सहितको सगुन बनाउने विचार तपाइलाई कहाँबाट आयो?

गिरीले जवाफ फर्काए योग गर्दा यो विचार आयो। सामाजिक सञ्जालमा देखिएको समस्याहरुलाई कम गर्ने मेरो सोच योग गर्दा गर्दै यसरी गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्दा जन्मियो सगुन गिरीले थपे। दिल्लीको द ललित होटलमा उनको कुरा सुनेर श्रद्धा सहित हलमा रहेका सबैले तालीले गिरीको स्वागत गरे। सामाजिक सञ्जालका समस्यालाई हल मात्र हैन दैनिक जीवनलाई सहज बनाउने केहि ‘ फिचर ‘ हरु लिएर आएको छ सगुन उनले आफ्नो भनाइ राख्ने क्रममा त्यसको व्याख्या पनि गरे।

दिल्लीमा सगुनले समाजलाई पार्ने सकारात्मक प्रभावको चर्चा भइरहँदा फेसबुकका संस्थापक मार्क जुकर्वर्ग आफ्नो पूर्ववत नीतिमाथि पूनर्विचार गर्दै फेसबुकमै लेख्दै थिए। एकदैन २५ अर्वको कारोवार घाटा लाग्नेगरि उनको ‘ स्टाटस ‘ ले पनि ढीलो गरि ‘ रियल कनेक्सन’ तर्फको यात्रातर्फ उन्मुख गरेको संकेत गरेको छ जुन सगुन आफ्नो स्थापनादेखि गर्दै आएको छ।

सामाजिक सञ्जालमा ‘ रियल कनेक्सन ‘ को स्थापनादेखिनै वकालत गर्दै आएको सगुन फेसकुबका अगाडी आकारमा सानो भएपनि सोचका हिसावले कम नभएको यसले पुष्टी गर्‍यो। मात्र सामाजिक सञ्जाल चलाउने आम मानिसका समस्याहरुलाई कम गराउन र दैनिकी सहज बनाउन आफ्नो एन्ड्रोइड एप धेरैले चलाउन भन्ने उसको चाहना होला। त्यो पनि दिनदिनै प्रयोगकर्ताका लागि यो आवश्यक हुने निश्चित छ।

करोडौंहरुको दैनिकी बनेको फेसबुकको विकल्पको चर्चा हुन गइरहेको यो वेला आम उपभोक्ताहरुका लागि सगुन एउटा राम्रो विकल्प हुन सक्छ। जुन हालैबाट गुगलको एपस्टोरबाट सहजै डाउनलोड गरेर प्रयोग गर्न सकिने भएको छ। चाँडै नै आइओएसमा पनि आउने बताइएको सगुन सामाजिक सञ्जालको भरपर्दो विकल्प र ‘ रियल कनेक्सन’ का लागि उपयुक्त हुने यसका धेरै प्रयोगकर्तको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *