२०८१ वैशाख १३ गते | 25th of April 2024

सरकारी तलव विनै काम गर्छु-सीम

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते २:४७

पोखरा, २५ बैशाख ।
विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा कास्कीका एक उम्मेद्वार भने फरक देखिएका छन् । पोखरा लेखनाथ वडा नम्बर २० का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार बनेका सिम गुरुङ विकासका खोक्रा नारा दिएर चुनाव प्रचार गर्ने होडबाट फरक देखिएका हुन् । ब्यवसायीक पृष्ठभूमिका गुरुङले आफूले चुनाव जितेमा सरकारले दिने तलबभत्ता नलिने घोषणा गरेका छन् ।
चुनाव प्रचारका क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० स्थित मौजामा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले आफू वडाध्यक्ष बनेको खण्डमा सरकारले दिने एक वर्षको तलब भत्तामा आफूले थप रकम जोडेर कुनै एक गाउँमा विकास निर्माण गर्ने बताए ।
यो क्रम आफ्नो कार्यकाल अवधीभर पाँचै वर्ष लागू गर्ने उनले प्रतिबद्धता जनाए । उनका अनुसार प्रत्येक वर्ष फरक(फरक गाउँमा सो रकम प्रदान गर्ने उनको भनाई छ । सरकारले वडाध्यक्षको मासिक तलब ३० हजार र हरेक बैठकको एक हजार भत्ता तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *