२०८१ वैशाख ६ गते | 18th of April 2024

महानगर बेरोजगारमुक्त शहर—कुँवर

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते ९:१८

पोखरा, २५ बैशाख ।
झरी परेको समय भएपनि काँग्रेसीलाई चुनावी प्रचारले रोकेन् । युवापुस्ता स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको पोखरा लेखनाथ महानगरपालिकाको उम्मेदवार रामजी कुँवरको समर्थनमा जुटे ।
मोटरसाईकल ¥यालीलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार रामजी कुँवरले महानगरपालिकालाई बेरोजगारमुक्त शहर बनाउने उदघोष गरे । ‘हाम्रो महानगरपालिकालाई बेरोजगार मुक्त शहर बनाउने प्रतिबद्धता गरेका छौं ।’ उनले भने—‘त्यसको लागि नेपाली काँग्रेसले मेयरमा जित्नै पर्छ ।’
उनले धार्मिक पर्यटनको गन्तव्य बनाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तर्फ समेत नेपाली काँग्रेसले आफनो एजेण्डाभित्र समेटेको  बताए । ‘धार्मिक मठमन्दिर, बौद्धगुम्बा, मस्जिद छन् । त्यसको संरक्षण गरेर धार्मिक गतिविधि बढाउने तर्फ अग्रसर रहने छौ ।’ उनले भने—‘पुम्दीभुम्दीमा शिवमूर्ति स्थापनाको लागि पनि काँग्रेसले जिते महानगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरेर छिटो निर्माण पुरा गर्छौ ।’
महानगरपालिकालाई धार्मिकसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहरको रुपमा विकास गर्ने लक्ष्य काँग्रेसले लिएको बताए । ‘आधुनिक शहरको रुपमा विकास गर्ने छौं ।’ उनले त्यसको लागि सबैको भोट रुखमा देखिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *