1

ट्रम्पको एक बर्ष : ‘सटडाउन’ उपहार

500 पटक पढिएको

वाशिङ्टन डि सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यभारको पहिलो बार्षिकीमा आज एकाबिहानै ट्वीट गरेर आफ्नो कार्यकालको बार्षिकीमा डेमोक्र्याटहरुले राम्रो उपहार दिन चाहेको भन्दै आलोचना गरेका छन् । ट्रम्पले कार्यभार सम्हालेको पहिलो बार्षिकीकै दिनमा अमेरिकी सरकार सटडाउन भएपछि ट्रम्पले यस्तो ट्वीट गरेका हुन् ।

ट्वीटमा उनले भनेका छन् – ‘यो मेरो राष्ट्रपतीय कार्यकालका रुपमा एक बर्षे बार्षिकोत्सव हो । र डेमोक्र्याटहरुले मलाई राम्रो उपहार दिन चाहे ।’

ट्रम्पले ४५ मिनेटको अन्तरमा आज विहानै ४ वटा ट्वीट गरेका थिए । जसमा उनले अमेरिकी सरकार सटडाउनका लागि डेमोक्र्याटहरुलाई आरोप लगाएका छन् । डेमोक्र्याटहरु सिमा सुरक्षाका विषयमा भन्दा कागजपत्रविहिन आप्रवासीहरुका विषयमा बढी चिन्तित रहेको ट्रम्पले आरोप लगाएका छन् ।

अमेरिकी सरकार सटडाउन शुक्रबार मध्यरातीबाट सुरु भएको छ । ह्वाइट हाउस र संसदमा दुबैमा रिपब्लिकन पकड रहेको अवस्थामा समेत अमेरिकी सरकार सटडाउन भएको हो, खसोखासले लेखेको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ  -  लकडाउनको   अबधिमा पनि  कर तिर्न   ताकेता  गरेको  सरकारले   ब्यापक बिरोध  पछि  आफ्नो .. ...

काठमाडौँ- सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा.. ...

काठमाडौँ -  नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...