२०८१ वैशाख १२ गते | 24th of April 2024

गच्छदार स्थानीय विकास मन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते ९:५०

एजेन्सी, २५ बैशाख ।
यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन् । गच्छदारले आजै सपथग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् ।
त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पाउने भएको छ ।
यसअघि यी तीनवटै मन्त्रालय कमल थापा नेतृत्वको राप्रपाले सम्हालेको थियो ।
एक हप्ताका लागि मन्त्री ?
पहिलो चरणको स्थानीय निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र अर्को सरकार गठन हुने कांग्रेस र माओवादीवीच पूर्वसहमति छ । यो सहमति कार्यान्वयन भयो भने गच्छदार अब एक हप्ताका लागि उपप्रधानमन्त्री हुनेछन् ।
तर, प्रचण्ड नेतृत्वको सरकार ढलेर देउवाको नेतृत्वमा अर्को सरकार बन्दा पनि अहिलेको सत्तारुढ गठबन्धन नटुट्ने सत्तापक्षका नेताहरुले बताएका छन् ।
राप्रपालाई सरकारमा फर्काउन प्रधानमन्त्री अनिच्छुक
प्रधानमन्त्री प्रचण्डले विजय गच्छदारलाई उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्रालयसहित सरकारमा सहभागी गराउने निर्णय गरेका छन् । त्यो पनि कमल थापाकै ठाउँमा ।
विजयकुमार गच्छदारले पाएको उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री पद यसअघि राप्रपा अध्यक्ष कमल थापाले सम्हालेका थिए । भूभिसुधार र पर्यटन मन्त्रालय पनि राप्रपाले नै सम्हालेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग लागेपछि राप्रपा हठात रुपमा सरकारबाट बाहिरिएको थियो ।
तर, महाअभियोग प्रकरण सुल्झिएपछि राप्रपाले पुनः सरकारमा फर्कने चाहना व्यक्त गरेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । कमल थापा बाहिरै रहेर राप्रपाका दीपक बोहोरा लगायतका अरु नेताहरु सरकारमा मन्त्रीका रुपमा सहभागी हुने तयारी गरेको थाहा पाउनासाथ प्रधानमन्त्रीले उनीहरुको राजीनामा स्वीकृत गरी शीतलनिवासमा जानकारी गराएको बालुवाटार स्रोतले बतायो ।
सरकारबाट बाहिरिएलगत्तै पुनः सरकारमा आउन खोज्नुमा केही रहस्य लुकेको हुनसक्छ भन्दै प्रधानमन्त्रीले कमल थापाको पार्टीलाई सरकारमा ल्याउन अरुची देखाएको स्रोतले बतायो ।
सरकारबाट बाहिरिएर केपी ओलीसँग चुनावी गठबन्धन गर्न गएको भन्दै कांग्रेस र एमालेले राप्रपासँग चित्त दुखाएको स्रोतको भनाइ छ ।
त्यसो त गृहमन्त्री विमलेन्द्र निधी र कमल थापावीच बरियताको विवाद रहेकाले पनि राप्रपालाई सरकारमा फर्काउने प्रधानमन्त्रीले अरुची देखाएको माओवादी स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *