२०८१ वैशाख ७ गते | 19th of April 2024

सशक्त प्रतिपक्षको भूमिकामा नेपाली कांग्रेस रहन्छ

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २४ गते १:३७

नेपाली कांग्रेसले राष्ट्रिय सदस्यका लागि उम्मेदवारहरूको छनोट गरी सबैको मनोनयन पनि भइसकेका छन् र केही उम्मेदवार निर्विरोध निर्वाचित पनि भएका छन् । अब बाँकी उम्मेदवार जिताउन कांग्रेसको भूमिका कस्तो रहन्छ ?

पार्टीको निर्णयअनुसार आफ्ना उम्मेदवारहरू जिताउने विषयमा हामी सबैको भूमिका महत्वपूर्ण रहन्छ नै । उम्मेदवार छनोटकै विषयमा प्रदेश नम्बर ४ बाट मलगायत महिला एक जना, तथा अल्पसंख्यक, अपांग एक, दलितबाट एक जना गरी चार जनाले पोखरामा मनोनयन दर्ताका पनि गरिसकेका छौ । प्रदेश नम्बर २ मा मधेस केन्द्रित दलहरूमा राजपा र फोरमसँग तालमेल गरेर हाम्रो तर्फबाट दुई जना उठाउने निर्णय अनुसार भइपनि सकेको छ । यसैगरी नेपाली कांग्रेस पार्टीले सबै ठाउँमा बाँकी ६ प्रदेशमा महिला, खुल्ला, दलित, अल्पसंख्यक र अपांगताबाट एकएक जना गरी चारचार जना उठाउने निर्णयअनुसार नै उम्मेदवारहरू छनोट गरेको छ । र, हाम्रा उम्मेदवारहरू जो जहाँबाट पर्नु भएको उहाँहरू विजय भएर आउनु हुनेछ भन्ने मलाई विश्वास छ ।

नेपाली कांग्रेसमा पनि युवा पुस्तामा तपाईं बारम्बार त्याग गर्ने अथवा बारम्बार अवसरबाट बञ्चित हुने नेताका रूपमा परिचित हुनुहुन्छ । अहिले राष्ट्रियसभामा आउदै हुनुहुन्छ । निर्वाचित भएमा के भूमिका निर्वाह गर्नुहुन्छ ?

कामकै हिसाबले भन्नुहुन्छ भने राष्ट्रियसभाभन्दा प्रतिनिधिसभा बढी प्रभावकारी रहन्छ । प्रतिनिधिसभाबाट जनताका लागि धेरै खालका बिजनेस दिन सकिन्छ । तर, म राष्ट्रियसभामा रहे पनि नेपाली कांग्रेस राष्ट्रियसभामा र प्रतिनिधिसभामा आफूलाई दरिलो प्रतिपक्षको भूमिका निर्वाह गर्दछ र गर्नुपर्छ भन्ने मेरो मान्यता हो । प्रजातन्त्रमा प्रतिपक्षको महत्वपूर्ण भूमिका रहन्छ । प्रतिपक्ष सांसद भूमिका कस्तो हुन्छ भन्ने कुरामा कांग्रेसले सरकारका जायज कुरालाई समर्थन गर्छ । सरकारका गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्ने र यसलाई कसरी बाहिर लिएर ल्याएर करेक्सन गर्ने र सशक्त प्रतिपक्षको भूमिकामा नेपाली कांग्रेसको भूमिका रहनेछ ।

कांग्रेस धेरै समय पछि लामो समयका लागि प्रतिपक्षमा जाँदैछ । प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुरामा पनि सुरुमा त समस्या आउँछ होला नि, हैन ?

कांग्रेस संसदीय प्रतिस्पर्धाका आस्था राख्ने पार्टी मात्र नभएर नेपालको संसदीय अभ्यासमा अन्य शक्तिहरूलाई पनि यही पद्धति समाहित गराउने पार्टी हो । यो व्यवस्थाको श्रेय कांग्रेसलाई मात्रै छ । हो, अहिले संसदीय प्रतिस्पर्धामा कांग्रेस पहिलो पार्टी नबनेर दोस्रो स्थानमा आएको छ । यो मात्रै होइन कांग्रेस समयसमयमा प्रतिपक्षमा बस्दै र उचित भूमिका पनि निर्वाह गर्दै आएकै हो । यसकारण कांग्रेसलाई प्रतिपक्षमा बस्न कुनै समस्या छैन । कांग्रेसले सरकारमा रहँदा भन्दा प्रतिपक्षमा रहेको अवस्थामा झन् महत्वपूर्ण र सशक्त भूमिका निर्वाह गर्नेछ भन्ने कुरामा म यहाँलाई विश्वास दिलाउन चाहन्छु ।

एउटा कुरा अहिलेको वाम गठबन्धनले गर्दा कांग्रेस यो हदसम्म पराजयको अवस्थामा पुगेको कुरा बाहिर आइरहेको छ । समीकरणको दृष्टिले वामगठबन्धन भित्र कांग्रेसको दृष्टिकोण चाहिँ अब कस्तो हुन्छ ?

तपार्इंले भन्न खोज्नु भएको विषयमा कांग्रेसभित्रै पनि बहस भएको हो । वाम गठबन्धन अहिले जुन रूपमा पार्टी एक भएर अगाडि जाने कुरा गरिरहेको छ । यसलाई बन्न दिनु हुँदैन भन्ने आवाज केही कोणबाट आएका हुन् । अर्कोथरीले अहिलेको गठबन्धन फुटाएर माओवादीलाई लिएर सरकार बनाउनुपर्छ भन्ने विचार राखेका हुन् कांग्रेसभित्र । तर, मेरो विचार कांग्रेस अहिले अरूको घर भत्काउने तिरभन्दा पनि आफ्नो घर बनाउनेतिर लाग्नुपर्छ । एमाले र माओवादी वाम गठबन्धन बनाएर संयुक्त रूपमा अगाडि जाऊन् र सहकार्य गरेरै उनीहरुलाई सरकार बनाउन दिनुपर्छ । किनभने अहिले तपाईं वा अरू कसैले भनेअनुसार एमालेबाट माओवादीलाई फुटाएर एमाले इतरको सरकार बनाउँदा जनमतको कदर हुँदैन । जनताले यो विषयलाई कसरी हेर्छन् त्यो विचार गर्नुपर्ने हुन्छ । जनताको मतले नेपाली कांग्रेसलाई प्र्रतिपक्षमा बस्न भनिसकेको छ । अहिले वाम गठबन्धनले नाच्न नजान्ने आँगन टेडो भने जस्तो आफूले गठबन्धन मिलाउन नसकेर त्यसपछि कांग्रेसलाई गठबन्धन फुटाउन लाग्यो भनेर आरोप लगाउने गरिएको छ । मिडिया पनि हल्लाका भरमा पछि हिँडिरहेका छन् । उनीहरूको गठबन्धन फुटाउन हामी लाग्दैनौ यो कुरामा उहाँहरू ढुक्क भए हुन्छ । तर, हामीले सोअनुसार स्वाभाविक रूपमा वाम गठबन्धन नमिल्ने अवस्था आयो भने कांग्रेस चुप लागेर पनि बस्दैन बहुमत पु¥याएर सरकार बनाउन कांग्रेस तयार छ ।

तर, राष्ट्रियसभा निर्वाचन नेपाली कांग्रेस र मधेस केन्द्रित दलबीच सहकार्य भएको छ । प्रतिनिधिसभाका किन हुन सकेन ?

मधेसवादी दलहरूलाई मूलधारमा ल्याउने काम कांगे्रसले गरेको हो । कांग्रेसका मुख्य उद्देश्य राष्ट्रिय राजनीतिलाई स्थिरता दिनका लागि मधेसवादी दलहरूसँग सहकार्य गरेका हौं । किन गरेका हौ भने उनीहरूका केही मागहरू थिए । संविधमनसंशोधन गर्नुपर्ने माग थियो । नभए निर्वाचन बहिष्कार गर्ने भन्दै आएका थिए । तर नेपाली कांगे्रसले यो अवस्थामा मूलधारमा ल्याउने काम गरेको हो । कांग्रेसले संविधान संशोधन गर्न प्रयास पनि गरेको हो । संविधानसभाबाट प्राप्त गरेको संविधान त्यसलाई कार्यान्वयनको चरणमा आउँदा अगाडि बढ्न सकेन भने हाम्रा सबै उपलब्धि खेर जाने सम्भावना रहन्छ । त्यसैले कांग्रेसको पहिलो चाहना संविधानमा सबैको आत्मसम्मान होस् र सबैले अपनत्व लिऊन् भन्ने हो । यो संविधानमार्फत हरेक राजनीतिक दलले भाग लिऊन् भन्ने हो । प्रमुख उद्देश्य निर्वाचन गराउनु थियो र स्थानीय निर्वाचनमा मधेसवादीले सहभागिता जनाउन चाहेका थिएनन् । हामीले उनीहरूसँग बार्ता ग¥र्यौं र उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता जनायौं । नेपालको संविधानमा सबैले अपनत्व गरोस् भनेर प्रयास गरेर नेपाली कांग्रेसले यो प्रयास नगरेको भए मधेसवादीले निर्वाचनमा सहभागिता जनाउने थिएनन् । त्यसकारण तराईमा सहज रूपमा निर्वाचन हुने थिएन । जहाँसम्म प्रतिनिधिसभाको कुरा छ यसमा पनि प्रयास भएको छ । कांग्रेसलाई सहकार्यबिना पनि आधासम्म तराईको रिजल्ट राम्रो आउँछ भन्ने अपेक्षा थियो तर, भएन ।

कांग्रेसले राजनीतिक कारण जति देखाए पनि मधेस केन्द्रित दलले त संविधान संशोधनका विषयमा दलहरू संविधान संशोधन गरिदिन वाम गठबन्धसँग गएकै हैनन् र ?

हो, संविधान संशोधन गराउने विषयमा वाम गठबन्धनसँग पनि उनीहरूले अनुरोध नगरेका होइनन् । तर, अन्त्यमा त कांग्रेसले नै उनीहरूलाई अहिलेसम्म आउने राजनीतिक आधार तयार गरिदिएको हो । सायद नेपाली कांग्रेसले पहल नगरेको भएको मधेसवादी दल निर्वाचनमा आउने थिएनन् । कांग्रेसले पहल नगरेको भए मुलुकको राजनीति अझै योभन्दा अस्थिर हुने थियो । नेपाली कांग्रेस, एमाले र माओवादीलगायतका दलहरूले फुटेर मधेसवादी दल बनेको हो । उनीहरू विभिन्न दलबाट आएर बनेको पार्टी हो । त्यसैले सम्बन्ध पनि कहिले वाम गठबन्धनमा कहिले कता, कहिले कता उहाँहरू जानुहुन्छ । अझै पनि उहाँहरूले उठाएका केही कुराहरू छन् । उहाँहरू एमाले माओवादी जता गए नि जायज कुरामा उहाँहरूलाई कांग्रेसको समर्थन रहन्छ । तर उहाँहरूले अवसरवादी खालको राजनीति नगर्दा फाइदा हुने कुरा म अहिले पनि मधेसवादी दलहरूलाई भन्न चाहन्छु ।

पार्टी सुधारका विषयदेखि महासमिति र महाधिवेशनका कुराहरू कांग्रेसभित्र उठिरहेका छन् । नेतृत्व परिवर्तनका विषय छलफलमा आइसकेको छ । यसलाई तपाईंहरू अब कसरी समाधान गर्नुहुन्छ ?

यसमा पक्कै पनि धेरै कुराहरू आएका छन् । पहिलो कुरा हामीले हाम्रो संगठनको जुन ढाँचा छ यसलाई संघीय ढाँचामा परिर्वतन गर्नुपर्छ । संघीयतामा हाम्रो मुलुक गए पनि हाम्रो पार्टी विधान र हाम्रो संगठनको ढाँचाहरू परिर्वतन गर्नुपर्छ÷हामी गर्छौँ । दोस्रो कुरा हाम्रो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । त्यसमा राष्ट्रियसभाको निर्वाचनका बारेमा छलफल भयो, त्यसमा पनि प्रतिनिधिसभाको बारेमा केही समीक्षा पनि भए । सभापतिजीले के भन्नु भो भने राष्ट्रियसभाको निर्वाचनपछि यसको समीक्षा गछौँ, किनभने अहिले हतारमा नगरेर कांग्रेसलाई अबको दिनमा गतिशील, सशक्त बनाउन फेरि मुलुकको नेतृत्वदायी भूमिकामा पुग्न कसरी निर्माण गर्ने भन्ने कुरा भनेको हुनाले हामी छलफल गछौँ ।

महासमिति बस्छ कि बस्दैन ?

महासमितिको बैठक बस्छ । त्यसमा पनि निर्वाचनको हारपछि छलफल पनि गर्नुपर्ने, समीक्षा पनि गर्नुपर्ने भएकाले यो राष्ट्रियसभाको निर्वाचनपछि केन्द्रिय समितिको बैठक बस्छ र त्यसले छिट्टै महासमितिको बैठकका लागि निणर्य गर्छ र महासमितिको बैठक हुन्छ । अब त्यसमा छलफल हुने क्रममा देशभरिका महासमितिका साथीहरू उपस्थित भएर साथीहरूले जे सल्लाह दिनुहुन्छ जसरी छलफल हुन्छ त्यसरी पार्टीलाई अगाडि बढाउँछौ । अहिले कांग्रेस प्रतिपक्षमा बसेर कोलाहल गर्नुपर्ने देख्दिनँ, किनभने बेलाबेलामा हामी प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका छौं । अहिले के कुरा मात्रै फरक हो भने दुईवटा कम्युनिस्ट एकै ठाउँमा केन्द्रित भएर अगाडि बढ्दा जनमतको तुलना गर्ने हो भने त्यो सशक्त जनमत हुन सक्दछ, त्यसलाई हामीले कसरी सामना गर्ने आउने दिनमा भन्ने चुनौती हाम्रो अगाडि ठूलो छ । त्यसको लागि हामीले लोकतन्त्रवादीलाई कसरी एकीकृत गरेर अगाडि बढ्नुपर्छ ।

तर, पार्टीका पुराना नेताहरू आफ्नो कार्यशैली परिवर्तन गर्ने पक्षमा देखिएका छैनन् कसरी सम्भव छ ?

कांग्रेसको विगतको कार्यशैली र व्यवहारका कारणबाट हाम्रो नेतृत्वको क्षमताको कारणबाट जसरी पछाडि परेका छौं त्यसलाई पनि केलाएर करेक्सन गरेर अगाडि बढेमा मलाई लाग्दैन कि कांग्रेस अब विधायक नै हुँदैन भन्ने खालको जुन बाहिर हल्ला छ त्यो हल्लामा सीमित हुन्छ । २०६४ सालको निर्वाचनपछि पनि कांग्रेस सकियो र समाप्त भयो भन्ने हल्ला चलाए तर त्यसपछि पनि जनमत देखियो त । यो भन्दैमा हामीले आफ्ना कार्यशैलीलाई परिर्वतन नगर्ने, संरचनाहरूलाई परिवर्तन नगर्ने हो भने त्यो सम्भव हँुदैन त्यसबाट पाठ सिकेर अगाडि बढ्यौं भने एउटा प्रजातन्त्रको मियो हो कांग्रेस । हामीले गरेका कतिपय कुराहरू जनतासँग लैजान सकेका छैनांै । ती कुराहरू जनतामा लगेर हामी जनताबाट विधायक बन्न त्यति गाह्रो छैन । संंगठनलाई परिर्वतन गरी फेरि अर्को निर्वाचनमा नेपाली कांग्रेस यो मुृलुकको नेतृत्वदायी भूमिकामा पुग्ने अवसर सिजैना गर्छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *