२०८१ वैशाख १३ गते | 25th of April 2024

कास्कीका ५० मतदानस्थल अति संबेदनशिल (कहाँ कति सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते २:३१

प्रकाश ढकाल
पोखरा, २६ बैशाख ।
कास्कीका ५० मतदान स्थल अति संबेदनशिलको सूचीमा परेको छ । स्थानीय तहको चुनावलाई लक्षित गरी कास्कीमा संबेदनशिलताका हिसावले सुरक्षा रणनीति समेत तयार गरिएको छ । अतिसंबेदनशिल, संबेदनशिल र सामान्य गरी तीन तहका मतदान स्थल बर्गीकरण गरिएको छ । जिल्लाका चारवटै गाउँपालिकामा सामान्य मतदान स्थल छैनन् । सबैभन्दा बढी मादी गाउँपालिकाका मतदानस्थलहरु अतिसंबेदनशिल छन् । १७ मतदानस्थल मध्ये १३ स्थल अतिसंबेदनशिल तथा ४ वटा संबेदनशिल मतदान स्थल छन् । १५ मतदानस्थल रहेको अन्नपूर्णमा १० मतदानस्थल अतिसंबेदनशिल र ५ वटा चाहीँ संबेदनशिल छन् । माछापुच्छ«े गाउँपालिकाका १२ मतदानस्थल मधये ७ वटा अति संबेदनशिल र बाँकी ५ वटा संबेदनशिल छन् । तुलनात्मक रुपमा रुपा गाउँपालिकाको संबेदनशिलता केही कम छ । ८ मतदान स्थल मध्ये यहाँका दुई मतदान स्थल मात्रै अति संबेदनशिल देखाएको छ । बाँकी छ वटा मतदानस्थल संबेदनशिल मात्रै छन् ।
सबैभन्दा बढी मतदान स्थल पोखरा लेखनाथ महानगरपालिकामा छ । ३३ वडामा ९८ मतदान स्थल छन् भने २ सय २१ मतदान केन्द्र तय गरिएको छ । तिमध्ये १९ स्थल अति संबेदनशिल छन् भने २७ वटा संबेदनशिलको सूचीमा छ । ५२ वटा चाहीँ सामान्य स्थलको रुपमा लिईएको छ । महानगरका पनि २२, २३, २४, २५ र ३३ नम्बर वडा बढी संबेदनशिल छन् । १८, १९, २१ र ३१ नम्बर वडाका मतदान स्थलहरु पनि उत्तिकै संबेदनशिल रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार अति संबेदनशिल, संबेदनशिल र सामान्य मतदान स्थलमा छुट्टाछुट्टै सुरक्षाकर्मी खटाईएको छ । ‘अति संबेदनशिल मतदान स्थलमा १८ जना सुरक्षाकर्मी हुन्छन् । त्यसको नेतृत्व प्रहरी निरिक्षकले गर्नुहुन्छ, मैनालीले भने–संबेदनशिल र सामान्यमा पनि सोही अनुसार केही कम सुरक्षाकर्मी छन् ।’ उनका अनुसार मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी बाहेक पनि मोवाईल र रिजर्भ टोलीले सुरक्षा दिईरहेका हुन्छन् ।
निर्वाचन विरोधी गतिविधी, दलिय प्रतिश्पर्धा, बिगतका घटनाहरु र भौगोलिक अवस्थितीका आधारमा चुनौती निर्धारण गरिएको क्षेत्रीय प्रशासक याम कुमारी खतिवडाले जानकारी दिईन् । ‘निर्वाचन पूर्व, निर्वाचनको समय र त्यसपछिको बस्तुस्थितीलाई मध्येनजर गर्दै पर्याप्त सुरक्षा ब्यवस्थापन मिलाईएको छ । साविक जनशक्ति नपुगेर बाहिरबाट सुरक्षाकर्मी झिकाएका छौं, उनले भनिन्–सकेसम्म घटना नघट्ने वातावरण बनाउँछौं । घटना घटिहाले ५ मिनेटभित्र सुरक्षाकर्मी घटनास्थलमा पुगिसक्छन् ।’ खतिवडाका अनुसार कास्की सहित ४ नम्बर प्रदेशका सबै स्थानीय तहका मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी खटाईसकिएको छ । २७ गतेसम्म सबै ठाउँमा सुरक्षाकर्मी पुगिसक्ने उनले बताईन् । पहिलो चरणमा प्रदेश नम्बर ४ का ८५ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । ४ नम्बर प्रदेशबाट १२ लाख ४ सय उम्मेदवार छन् भने १ सय २६ जना निर्विरोध निर्वाचित भैसकेका छन् ।
सबै स्थानीय तहमा अप्रिय घटना हुन नदिनका लागि तीन तहको सुरक्षा घेरा तयार गरिएको छ । मतदातासँग मतदान केन्द्रमा नेपाल प्रहरी हुनेछ भने त्यो भन्दा बाहिर शसस्त्र प्रहरी बल तथा पछिल्लो लाईनमा नेपाली सेना परिचालन गरिएको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले बताए । ‘आपराधिक, गुण्डागर्दी, डरधम्की र विष्फोट गर्ने मनसायका ब्यक्तिहरुलाई निगरानी गरिनेछ । कुनै घटना भैहाले कानुन अनुसार कडा कारबाही गछौं, उनी भन्छन्–सुरक्षाकर्मीको कमी छैन । म्यादी र अन्य तीनै तहका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।’ उनले आपराधिक गतिविधिको सूचना पाए खवर गर्न आग्रह समेत गरेका छन् । कास्कीमा २ लाख २४ हजार ८११ जना मतदाता छन् भने पाँच स्थानीय तहमा ३ सय ७० जना बैशाख ३१ मा निर्वाचित हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *