२०८१ वैशाख ७ गते | 19th of April 2024

विप्लव कार्यकर्ता भेट्नासाथ समात्न गृह मन्त्रालयको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते ३:००

एजेन्सी, २६ बैशाख ।
गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाइएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।
निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो । आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयको तथ्यांक अनुसार, विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *